काठमाडौं — सुदूरपश्चिमका ३ सहित १२ प्रहरी जवान सम्पर्कमा नरहेपछि प्रहरी प्रधान कार्यालयले हाजिर हुन आउन सात दिने म्याद दिएको छ । १२ जना जवान आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

सम्पर्कमा नआएकाहरुमा कञ्चनपुर कृष्णपुर नगरपालिका ७ का विजेन्द्र कार्की, बैतडी दोगडा केदार गाउँपालिका ३ का रामचन्द्र जोशी, र दार्चुला मालिकार्जुन गाउँपालिका ३ का गणेश सिंह धामी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएका छन् सात दिनभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, आशाराम महतो, बुद्धबिर तामाङ र मुस्कान बान्तवा छन् । यसैगरी अन्य प्रहरी जवानहरु विष्णु विक, अर्जुन पुन, केशव बुढाथोकी र पवन विकलाई पनि सम्पर्कमा आउन सात दिने म्याद दिइएको छ ।







