दोधारा । दोधारा चाँदनी नगरपालिकामा एक हप्ते चुरा तथा पोते बनाउने तालिम संचालन भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयको आयोजनामा महिला दलित, जनजाती तथा अन्य महिलाहरुलाई सिप बिकास कार्यक्रम अन्तर्गत एक हप्ते चुरा तथा पोते बनाउने तालिम आजबाट दोधारा चाँदनी नगरपालिकामा संचालन भएको छ् । एक हप्ते चुरा तथा पोते बनाउने तालिमको उद्धघाटन कार्यक्रमका सभापती दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयका कार्यवाहक वडाअध्यक्ष नरेन्द्र चन्द रहेका थिए भने, प्रमुख अतिथीमा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख चिनी ओझा गिरी रहेका थिए । यस्तै बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगरपालिका कार्यालयका योजना अधिकृत भानदेब भट्टको उपस्थिती रहेको थियो । अतिथीमा वडा नं. ५ का वडा सदस्य अनिता औजी, कार्यपालिका सदस्य बिरमा देबि बुढा थोकी, वडा नं. ५ वडा कार्यालयका सचिव पुरन पुन, दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका ईश्वरी सिंह, एक हप्ते चुरा तथा पोते बनाउने तालिमका प्रशिक्षकद्धय ईश्वरी चन्द, सरिता सिजापती लगाएतको उपस्थिती रहेको थिए । तालिममा वडा नं. ५ का वडाका ४५ जना महिलाको सहभगिता रहेको थियो । कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिका कार्यालयका योजना अधिकृत भानदेब भट्टले तालिम तालिममा मात्रै सिमित नराख्न सहभागीहरुलाई आग्रह गरेका छन् । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउदै दोधारा चाँदनी नगरपालिका कार्यालयका योजना अधिकृत भानदेब भट्टले मेहनतका साथ सिप सिके जिवनमा परिर्वतन ल्याउने बताएका छन् । ‘जसले मेहनतका साथ सिप सिके सफलता हासिल गर्न कुनै समस्या पर्दैन् । श्रमले मानिसलाई सम्मानित बनाउछ् । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुन्छ्’ दोधारा चाँदनी नगरपालिका कार्यालयका योजना अधिकृत भानदेब भट्टले भने । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले तालिमले महिला दिदि बहिनीहरु स्वरोजगार आत्मनिर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताए । कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले तालिममा लगनशील भएर सीप सिक्न आग्रह गर्दै सिकेको सीपलाई दैनिक ब्यवहारमा लागू गरी आर्थिक उपार्जन गर्न सुझाव दिएका थिए । एक हप्ते चुरा तथा पोते बनाउने तालिम उद्धघाटन सत्रका संचालक दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडा कार्यालयका सचिव नरेन्द्र साँउद रहेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका बिकास शाखाका ईश्वरी सिंहले दिएका थिए ।







