सीमावर्ती क्षेत्रमा नेपाल–भारत सुरक्षाकर्मीको सयुक्त गस्ती


दोधारा । दोधारा चाँदनीको नेपाल भारत सीमा क्षेत्रमा सयुक्त गस्ती प्रभावकारी बन्दै गएको छ् । दोधारा चाँदनी नगरपालिकाका नेपाल–भारत सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीहरुले संचालन गर्दै आएको सीमा गस्ती प्रभाकारी बन्दै आएको स्थानियहरुले बताएका छन् । गस्तीले सीमा क्षेत्रमा हुने लुटपाट तथा अपराधिक कृयाकलापमा कमी आएको स्थानियहरुले बताउदै आएका छन् । पटक–पटक सीमावर्ती क्षेत्रका नेपाली माथी गरिने दुव्र्यवहार, सीमा अतिक्रमण विवाद र चोरी तस्करी घटनामा कमी आएको दुबै देशका सुरक्षा अधिकारीहरुले दाबी गर्दै आएका छन् । आज दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजको नेपाल–भारत सिमा स्तम्भ नं. १४ देखि १५ सम्म नेपाल–भारतका सुरक्षाकर्मीहरुले सयुक्त गस्ती संचालन गरेको बाबाथान प्रहरी चौकीको ईन्चार्ज असई कृष्ण राज भट्टले जानकारी दिएका छन् । उक्त गस्तिमा भारतिय सिमा सुरक्षा बल (एसएसबी) कम्पनी हेडक्वाटर नारायण नगरका ईस्पेक्टर आनन्द भण्डारी, झनकैया (भारत) कोतवालीका ईन्चार्ज प्रताप सिंह महर, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का सशस्त्र प्रहरी नायब निरिक्षक नबराज खड्का, प्रहरी चौकी बाबाथानका ईन्चार्ज कृष्ण राज भट्ट लगाएत दुबै देशका सुरक्षाकर्मीको उपस्थिती रहेको बताईएको छ् ।

दुबै देशको सुरक्षाकर्मीको सीमा क्षेत्रको गस्तीले अपराध र विवादका घटनामा कमी हुनुको साथै सिमा क्षेत्रमा शान्तीको अनुभुती भएको बताईएको छ् । नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागी दुबै देशका सुरक्षाकर्मीहरुले गस्ती संचालन गर्दै आएको छन् । मासिकरुपमा सयुक्त गस्ती संचालन गर्दै आएका दुबै देशका सुरक्षाकर्मीहरुले सहमतीमा आवश्यक परेको बेला जुनुसुकै बेला पनि सयुक्त गस्ति संचालन गर्ने गरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । अन्र्तराष्ट्रीय सीमामा हुने सयुक्त गस्तीले सीमामा हुने विवादलाई आपसी सहयोग र सहमतीको आधारमा स्थानिय स्तरमै समाधान गर्दै आएको दुबै सुरक्षा अधिकारीहरुले दाबी गर्दै आएका छन् । नगर क्षेत्रको कुतियाकवर, अठार नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडुवाल टोल लगाएतका क्षेत्र बढी संबेदनशिल रहेको हुदा उक्त क्षेत्रमा भारतिय सिमा सुरक्षा बल एसएसबी, भारतिय प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समय समयमा सयुक्तरुपमा बिशेष गस्तस् समेत संचालन गर्दै आएका छन् । सीमा अतिक्रमण, लागू औषध ओसार पसार, अवैध हातहतियार, आतंकवादी गतिविधि, तस्करी, सामान्य विवाद लगाएत अपराध नियन्त्रणमा सयुक्त सीमा गस्ति प्रभावकारी हुने बताईएको छ् ।


ताजा समाचार

spot_img