दोधारा । स्थानीय तहको निर्वाचन मिति घोषणा संगै दोधारा चाँदनी नगरपालिकामा राजनीतिक दलहरुका चुनाव केन्द्रित चहल पहल बढेको छ् । दोधारा चाँदनी नगरपालिकामा आज एकै दिनमा ४ स्थानमा टोल कमिटि गठन गरेको नेकपा एमालेका नेता किशोर कुमार लिम्बुले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ कालिका टोल, वडा नं. ४ को बरमेली टोल, वडा नं. ७ को मुसुकुटे टोल र वडा नं. १० को धामी टोलमा टोल भेला गरि टोल कमिटि गठन भएको नेकपा एमालेका नेता किशोर कुुमार लिम्बुले बताएका छन् । कार्यक्रममा नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष हरसिंह धनाडी, दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनार, युवा नेता तथा नेकपा एमाले दोधारा चाँदनीका पुर्व नगर अध्यक्ष किशोर कुमार लिम्बु, एमाले नेता पदम रावल, नेपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य सिता भण्डारी, दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।







