दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुरले दोधारा चाँदनीमा सुदृढ परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका संग एनएनएसडब्ल्यूएले परिचयात्मक कार्यक्रमका साथै सम्झौता प्रक्रिया सम्पन्न गरेका हो । एनएनएसडब्ल्यूए कञ्चनपुरले विगत ३२ बर्ष देखि सामाजिक विकास तथा मानविय क्षेत्रमा सुदुर पश्चिम प्रदेशमा कार्यरत सामाजिक संस्था हो । उक्त संस्थाले विगत १० बर्ष देखि डिसिए नेपाल संग सामुदायिक विकास, मानविय सहायता तथा सामाजिक रुपान्तरणका लागि साँझेदारका रुपमा कार्य गर्दै आईरहेको एनएनएसडब्ल्यूए कञ्चनपुरका कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताए । एनएनएसडब्ल्यूए र डिसिए नेपालको साझेदारी तथा स्थानीय सरकार संगको सहकार्यमा जिवीकोपार्जन, जलवायु मैत्री कृषी प्रणाली, विपद जन्य प्रकोपका न्यूनीकरण व्यवस्थापन र दिगो विकास तथा उत्थानशिल समुदायको निमार्ण गर्नका लागि सुदुरपश्चिम प्रदेशका महाकाली नदी तटिय क्षेत्रका परशुराम, दोधारा चाँदनी र भीमदत्त नगरपालिका गरी तिन एउटा नगरपालिकाहरुमा ‘जोखिम उत्थानशिलताका लागि स्थानीय सामुहिक पहल’ लाई आधार बनाई सुदृढ परियोजना सञ्चालन गर्न लागेको निर्देशक जैरुले बताए । सुदृढ परियोजना डिसीए नेपाल र एनएनएसडब्ल्यूए कंचनपुरको साँझेदारीमा महाकाली नदी तटीय क्षेत्रका तीन वटा नगरपालिकाहरु भीमदत्त, दोधारा चाँदनी र परशुराम नगरपालिकामा २०२२ देखि २०२६ सम्म संचालन हुने परियोजना हो । विपद जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील समुदायको निर्माण गरि महाकाली नदी तटीय क्षेत्रका समुदायहरुको जिवन स्तरमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ संचालित यस परियोजनाले मुख्यतया जलवायु परिवर्तन, विपद जोखिम न्यूनीकरण र जिविकोपार्जन तथा स्थानीय तहको क्षमता अभिवृद्धिका क्षेत्रमा केन्द्रित रहेर आफ्ना क्रियाकलापहरु संचालन गर्नेछ् ।


बढ्दै गईरहेको जलवायु जन्य प्रकोपका कारण तथा महाकाली नदी लगाएत अन्य साना ठुला खोला र नदीहरुमा आउने बाढीका कारण महाकाली नदी तटीय क्षेत्रको मुख्य पेशाको रुपमा रहेको कृषि क्षेत्रमा समेत ठुलो प्रभाव पर्ने गरेको छ् । तसर्थ यस परियोजनाले नगरपालिकाको विपद जोखिम न्यूनीकरण व्यवस्थापनमा विद्यमान अवस्थाको विश्लेषण गर्ने, बहुप्रकोपको जोखिम तथा खुल्ला स्थानहरुको नक्सांकन गर्नुका साथै दिगो तथा जलवायु उत्थानशिल कृषि प्रवर्धनमा सहयोग तथा पालिकाहरु संग सहकार्य गरी कार्य गर्नेछ । यसका साथै जलवायु परिवर्तन अनुकुलन, विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकुलनलाई मुलप्रवाहीकरण गर्न आवश्यक नीति तथा योजना निर्माण र अध्यावधिक गर्ने, विपद पूर्वानुमानमा आधारित पुर्व सूचना प्रणालीमा सुधार ल्याउने तथा सबैको पहुच सुनिश्चित गर्ने, स्थानीय युवा तथा महिलाहरुको क्षमता अभिवृद्धि गरि व्यवसाय प्रवर्धन तथा विपद जोखिम न्यूनीकरणमा सहजता ल्याउने, स्थानीय समुदाय तथा पालिकाहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने र सबै प्रकारका विपद जोखिम न्यूनीकरणका लागी कृतिम नमुना घटना अभ्यास तथा सचेतनामुलक कार्यक्रमहरु समेत संचालन गर्ने यस परियोजनाको कार्य योजना रहको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) राजकुमार सुनारले बताएका छन् ।








