दोधारा । दोधारा चाँदनीमा घरेलु हिंसा न्युनिकरण सम्बन्धी २ दिने कानुनी अभिमुखिकरण आज देखि संचालन भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयको सहयोग र शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाको आयोजनामा वडाका महिलाहरुलाई २ दिने अभिमुखिकरण संचालन भएको हो । एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा संचालित घरेलु हिंसा न्युनिकरण सम्बन्धी २ दिने कानुनी अभिमुखिकरण उद्धघाटन सत्रका सभापती शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाका अध्यक्ष नन्दा खत्री रहेका थिए भने, प्रमुख अतिथीमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार रहेका थिए । बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख चिनी ओझा गिरीको उपस्थिती रहेको थियो ।


यस्तै अतिथीहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, नगरपालिका कार्यालयका योजना अधिकृत भानदेब भट्ट, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरत राज गिरी, नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा अधिकृत जय बहादुर महरा, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, वडा नं. ५ वडा कार्यालयका प्रतिनिधी लगाएत अभिमुखिकरणका सहभागीहरु रहेका थिए । घरेलु सम्बन्ध भएको व्यक्तिले दिएको शारीरिक, मानसिक, आर्थिक र यौनजन्य हिंसालाई घरेलु हिंसा भनिन्छ कार्यक्रममा बताईएको छ् । कार्यक्रमा घरेलु हिंसा के हो ? यसको कानुनी पाटो के–के हो ? लगाएत मानव बेचबिखन लगाएतको बारेमा प्रशिक्षण गरिएको शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाका प्रतिनिधी खिमा चन्दले बताएका छन् । घरेलु हिंसा न्युनिकरण सम्बन्धी २ दिने कानुनी अभिमुखिकरणका प्रशिक्षकमा माईती नेपाल कञ्चपुरका संयोजक महेश्वरी भट्ट, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरतराज गिरी, दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महरा रहेका छन् । कार्यक्रम संचालन शुदुरपश्चिम महिला जागरण उत्थान संस्था प्रतिनिधी खिमा चन्दले गरेका थिए भने, स्वागत मन्तब्य संस्थाका कोषाध्यक्ष धनसरा चन्दले गरेका थिए । अभिमुखिकरणमा ४० जना वडाका महिलाहरुको सहभागिता रहेको थियो ।







