माईती नेपालद्धारा भारतमा बेचिएकी महिलाको उद्धार


दोधारा । माइती नेपाल कञ्चनपुरले भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको उद्धार गरेको छ । सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माईती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरी महेन्द्रनगर ल्याएको छ् । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई रु. ५० हजार भारतीय रुपैयामा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताउनुभयो । सल्यान जिल्लाकी ती महिलालाई साहु सित बेचेर मान्छे फरार भएको संयोजक भट्टले बताउनुभयो । घटना विवरणलाई नियाल्दा कोहलपुरका गोपाल विकले विवाह गर्ने प्रलोभनमा ललाई फकाई भारत लगेको देखिएको उहाले बताउनुभयो । उहाले सिमलाको बागीबाट महिलालाई उद्धार गरी माईती नेपालको संरक्षणमा राखिएको बताउनु भएको छ । माईती नेपालले फरार रहेका विक माथी कानूनी कार्वाहीका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।


ताजा समाचार

spot_img