दोधारा । गठबन्धनको बर्तमान सरकारले स्थानिय निर्वाचन जेठमा गर्ने सहमती आए संगै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा चुनावी चर्चा चुलिन थालेको छ् । अबका दिनहरुमा कुन पार्टीले स्थानिय सरकार हाक्ने भन्ने सर्वत्र चाँसोको बिषय बन्न थालेको छ् । बर्तमान जनप्रतिनिधीहरुले गरेको कामको समेत मुल्यांकन र समिक्षा समेत गर्न थालिएको छ् । दोधारा चाँदनी नगरपालिकाको चिया पसल लगाएत बिभिन्न स्थानहरुमा यति बेला आउदै गरेको स्थानिय निर्वाचनकै कुरा मात्र सुनिन्छ् । यति बेला अहिलेका जनप्रतिनिधीहरुले गरेका काम र अबका दिनहरुमा कस्तो नेतृत्व छान्नु पर्ने बिषयमा निकै गफ हुने गरेको पाईएको छ् । बर्तमान जनप्रतिनिधीहरुले गर्दै आएका कामको समिक्षा संगै उनिहरुको कमी कमजोरीहरु आगामी दिनहरुमा नदोहऱ्याईस भन्ने भनाई सबैमा छ् । सर्वसाधारणहरु जुन दलका उम्मेदवार भएपनि ब्यक्ती राम्रो भए भोड हाल्ने तयार रहेको छौं भन्न थालेका छन् । अबका दिनहरुमा नेपाली काग्रेंस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा लगाएत दलहरुले नगर प्रमुखको लागी टिकट कस्लाई दिन्छ ? भन्ने आंकलनहरु काट्न थालेका छन् । यस्तै आ–आफ्नो वडाहरुमा कस्लाई वडाध्यक्ष बनाए राम्रो हुन्छ भन्ने बिषयमा समेत चर्चा चलेको छ् । यता दलहरुले पनि वडा देखि टोलमा भेला तथा छलफल गर्न थालेका छन् । नेपाली काग्रेंसले दोधारा चाँदनी नगर क्षेत्रको टोलहरुमा टोल कमिटि गठन कार्यलाई तिब्रता दिएको छ् । टोल कमिटि गठनमा उनिहरुको समस्या र निराकरणको लागी पहल थाल्न सुरु गरेको छ् । दोधारा चाँदनी नगरपालिकाका सबै टोल बस्तीमा पुगी नेपाली काग्रेंसले उनिहरुको समस्या संकलन गरि सम्बन्धी निकायमा पुऱ्याउने कार्यलाई समेत अघि बढाएको छ् । यस्तै नेकपा एमालेले वडामा बिस्तारित बैठक तथा टोल कमिटि गठन कार्यलाई प्राथमिकता राखेर अघि बढेको छ् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर कमिटि गठन कार्यलाई पुर्णता दिन सकेको छैन् । माओबादी केन्द्रमा समानान्तर कमिटि गठनले पार्टीको गतिबिधी खासै अघि बढ्न सकेको देखिन्न् । साथै माओबादी केन्द्रको एक खेमाले आसन्न स्थानिय निर्वाचन लक्षित कार्यक्रमहरु अघि बढाउदै गरेको जनाएको छ् । यस्तै राप्रपा दोधारा चाँदनीले केही दिन भित्र देखि वडा र टोल स्तरमा पार्टीका बिभिन्न कार्यक्रम अघि बढाउने सुरसारमा छ् । यस्तै केही महिना अघि मात्रै नगर कमिटि गठन भएको एकिकृत सामाजबादी दोधारा चाँदनीले पनि राजनिनितीक गतिबिधीलाई तिब्रता दिएको । नगर देखि दोधारा चाँदनीका सबै वडामा कमिटि निमार्ण संगै टोल–टोलमा आफ्नो कमिटि निमार्ण गर्ने सुरसारमा देखिन्छ् । यि सबै दलहरुले स्थानिय निर्वाचन लक्षित कार्यक्रम अघि बढाउन थालेका छन् । दोधारा चाँदनी नगरपालिकामा दलका अगुवाहरु समेत कस्लाई टिकट दिए जित्न सक्छ भन्ने छलफलमै केन्द्रीत भएको कुरा सुन्न पाईन्छ् । दोधारा चाँदनीका जनप्रतिनिधीले अझै सम्म गरेको कामको समिक्षा गर्दै यिनले गरेका कमजोरीलाई अव आउने नेतृत्वले नदोहऱ्याउनु परोस भन्नको लागि योग्यता र क्षमतामा विषेश जोड दिएर बहस हुने गरेको छ् । कार्यपालिका, न्यायपालिका बलियो बनाउनका लागि योग्यता र क्षमताको बिषयमा छलफल हुने गर्दछ् । दोधारा चाँदनी नगरपालिका कार्यपालिकाले गरेको केही निर्णयहरु नबुझेर तथा हचुवाको भरमा काम गर्ने नियमपुर्वक काम गर्न नसकिएको पाईन्छ, यस्ता कतिपय कार्यपालिकाले गरेका निर्णयहरु यहाँ स्थानिय बासिन्दाले बिरोध गर्दै आएका छन् । अबका निर्वाचनमा सबै पार्टीका नेताहरुले आफ्ना उम्मेदवार पठाउदा योग्यता र क्षमतामा विषेश ध्यान दिनु पर्ने स्थानियहरुको चाहाना देखिन्छ् । यति बेला कांग्रसे, एमाले, माओवादी, समाजबादी, राप्रपामा नयाँ अनुहारका महिलाहरुको इन्ट्री हुने संकेत समेत देखिन थालेको छ् । बिगतका तुलनामा यस पटक राजनितिक दलहरुले नयाँ अनुहारका महिलालाई अघि सारेको पाईन्छ् । महिलाहरु चुल्हा चौकमा मात्रै सिमित नरहेर राजनितिकमा खुलेर आउन समेत दलहरुले जोड दिदै आएका छन् । बिगतका दिनहरुमा थोरै मतले पराजित भएका ब्यक्तीहरुले समेत यस पटक आफु सशक्त ढंगबाट आफुलाई उभ्याउने प्रयास भईरहेको देखिन्छ् । आसन्न निर्वाचनमा बिजय भएका जनप्रतिनिधीहरुले कार्यपालिका, न्यायपालिकाको सही नेतृत्व गरोस् भन्ने स्थानियहरुले चाहेका छन् । सबै दलहरुले अब नेतृत्व चयन गर्दा वा जनप्रतिनिधी पठाउदा योग्यता भएका मान्छे पठाए सबैको लागि भलो हुने निश्चित छ् । हैन भने अहिलेको भन्दा झिन हालात बिग्रिने स्थानियहरुको भनाई छ् ।







