दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेको वडा स्तरिय विस्तारित बैठक संचालन भईरहेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १, २ र ३ मा नेकपा एमालेको वडा स्तरिय बिस्तारित बैठक सम्पन्न गरिसकेको र अन्य वडाहरुमा समेत बैठक बस्ने तयारी भईरहेको नेकपा एमाले दोधारा चाँदनीले जनाएको छ् । स्थानिय निर्वाचनलाई लक्षित गर्दै दोधारा चाँदनी नगरपालिकाका सबै वडामा नेकपा एमालले वडा स्तरिय बिस्तारित बैठक संचालन गर्न लागेको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य राजिव खड्काले बताएका छन् । बैठकमा दोधारा चाँदनीका नेकपा एमाले नगर कमिटि तथा अगुवा कार्यकर्ताको उपस्थिती रहदै आएका छन् । गए १९ गतेबाट संचालन गर्दै आएको नेकपा एमालेको वडा स्तरिय बिस्तारित बैठक आउदो २४ गते सम्म रहने बताईएको छ् । वडा बिस्तारित बैठक संगै टोल कमिटि गठन तथा भेला कार्यक्रम समेत भईरहेको छ् । संगठनलाई कसरी बलियो बनाउने र आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने लगाएत बैठकको लक्ष्य रहेको छ् । वडा कमिटीलाई अझ गतिशिल तथा भातृ संगठनहरुलाई समेत सशक्त बनाउने कार्य पार्टीको रणनिती अनुरुप वडा तथा टोलहरुमा बिस्तारित बैठक अघि बढाईएको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य राजिव खड्काले बताएका छन् । वडा कमिटिका विस्तारित बैठक सम्पन्न पछि जनवर्गीय संगठनका बैठक र भेलालाई अघि बढाईने उनले बताए । आउदो चुनावमा नेकपा एमालेलाई भारी मतले बिजयी हुने र त्यसको लागी पार्टी पंक्ती कटिबद्ध रहन पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिईएको छ् । नेकपा बिभाजन पछि दोधारा चाँदनी नगर क्षेत्रमा नेकपा एमालेले संगठन बिस्तारमा लागिपरेको छ् । आउदो स्थानिय निर्वाचनलाई लक्षित गर्दै नेपाली काग्रेंस, नेकपा माओबादी केन्द्र समेत दोधारा चाँदनी नगरपालिकाका वडा तथा टोलमा बिभिन्न कार्यक्रम संचालन गर्दै आएका छन् ।







