दोधारा चाँदनीमा वन्यजन्तुका आतंक उस्तै : खेतबारीमै सुत्छन किसान


दोधारा । छाडा चौपाया संगै जंगली जनवारले दोधारा चाँदनी नगरपालिकाका किसानहरुले खेतबारीमा लगाएको बाली खाएर सखाप पारे संगै किसानहरु समस्यामा परेका छन् । दोधारा चाँदनी नगरपालिकाको बडवाल टोल, संसारी टोल लगाएत भारतिय सिमा तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रका बस्तीहरुमा हात्ती, निलगाई, बदेंल, बाँदर जस्ता जनावरले बालीमा क्षति पुऱ्याएपछि किसान समस्यामा परेका हुन् । लहलहाउदो गहुँ तथा तरकारी बाली खाएर जंगली जनवारले दु:ख दिएको होमु बरालले बताए । बिगतका वर्षहरुमा जंगली जनावरले सामान्य क्षति गर्ने गरेको भएपनि यस वर्ष बढी दु:ख दिएको उनले बताए । ‘गाँउ–बस्तीमा पसेर निल गाईले सबै गहुँवाली खाईसक्यो । दु:ख गरेर बाली लगायो, खाने बेला छाडा चौपाया र जंगली जनावरले छोडेको मात्रै मान्छेका भागमा पर्छ ।’ बरालले भने, ‘मार्न कानुनले दिदैन् । धपाउदा अब जनवारले टेर्न छाडिसक्यो ।’ जंगली जनवार नियन्त्रणको लागि दोधारा चाँदनीका स्थानीय किसानहरुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा गुहार गर्दै आएपनि वन्यजन्तुले गर्दै आएको क्षतीमा कमी आएको भने छैन् । किसानहरुमा वर्षैपिच्छेको समस्याको बारेमा सम्बन्धी कार्यालयमा पिडा पोख्दै आएपनि त्यसको निराकरणको लागी खासै पहल नभएको स्थानियहरुको आरोप छ् । दोधारा चाँदनी नगरपालिकाका स्थानिय किसानहरुले हात्ती, निलगाई, बदेल, बाँदरको आतंक खेपिरहेका छन् । बढी जसो रातीको समयमा जंगली जनावरले खेतवारीमा पसेर बालीनाली सखाफ पार्ने भएको हुदा किसानहरु रातीको समयमा बारीमै मचान बनाएर सुत्ने गरेको किसानहरुले बताएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र संग सिमा गाँसिएको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ६, ७ मा निलगाई र बाँदरको आंतक छ् । खेतमा लगाएको गहुँवाली जोगाउन रातीको समयमा निलगाई र बाँदर धपाउनमै बित्ने गरेको किसानको गुनासो छ् । नगर क्षेत्रका किसानहरु वन्यजन्तुबाट खेती बचाउन खेतमै मचान बनाएर बस्न थालेका छन् । अधिकांश स्थानियहरु खेतीपातीमा आश्रित रहेको हुदा वर्षदिन गरेको मेहनत रातीको समयमा बस्ती पस्ने जंगली जनावरले खाएर उधनेर नष्ट गर्न थालेपनि स्थानियहरुलाई ठुलो पिडा पर्दै आएको छ् । रातीको समयमा हुल बाँधेर आउने निलगाईले वडा नं. ६ र ७ का दर्जर्नौ किसानहरुको खेती खाएर सखाफ पार्दै आएको अर्का स्थानिय बलराम पौडेलले बताएका छन् । किसानले नियन्त्रणका लागि वर्षेनी सम्बन्धी कार्यालयमा उजुरी दिने गरेपनि नियन्त्रण र रोकथामको कुनै कदम नचालेको उनिहरुको भनाई रहेको छ् । यस्तै दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडवाल टोलमा त्यहाका नागरिक लामो समय देखि वन्यजन्तुको आतंकले पिडित बन्दै आएका छन् । वन्यजन्तुको उचित व्यवस्थापन तथा आवश्यक भौतिक संरचनाको विकास हुन नसक्दा पटक पटक आक्रमण र स्थानियहरुको बालीनालीमा क्षती र बनाएका घरहरु जंगली हात्तीले भत्काउदै आएको छ् । बडवाल टोलमा जंगली हात्ती आतंक अझै पनि रोकीएको छैन् । गएराती हात्तीको बथानले बडवाल टोलका दर्जनौं किसानहरुको गहुँवाली खाएर उधनेर क्षती बनाएको स्थानियबासी लक्ष्मी रानाले बताएका छन् । प्राय : रातीको समयमा आउने हात्तीको झुण्डले बडवाल टोलका स्थानिय वासिन्दा रातीको समयमा जाग्राम बस्नु परेको छ् । हात्तीले अन्नपात नोक्सान गर्नुका साथै रातीको समयमा बाहिर निस्कन नसक्ने अवस्था छ् । केही वर्ष अघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले लाखौं रुपिया लगानी गरेर बनाएको सोलर इलेक्ट्रिक मेशिन र इलेक्ट्रिक फेन्सको राम्रो देखभाल र सुरक्षा नहुदा लगानी खेर समेत गएको छ् । बडवाल टोल नेपाल–भारतको सिमा संग जोडिएको बस्ती हो । बस्ती संग जोडिएको ठुला भारतिय जंगल छ् । त्यही जंगलबाट वन्यजन्तु बस्तीमा पसेर स्थानियहरुको घर भत्काईदिने, खेतीमा क्षती गर्ने गर्दछ् । जंगल छेउछाउका स्थानियहरु घाँस स्याउला लिन जाँदा बिगतका दिनहरुमा वन्यजन्तुको आक्रमणमा पर्दै आएका छन् । वन्यजन्तुका लागी आवश्यक आहारा, बासस्थान अभावको कारण बस्तीमा वन्यजन्तु पस्ने गरेको स्थानियहरुको ठहर छ् । बिगत लामो समय देखि नगर क्षेत्रमा वन्यजन्तु र मानव बिच चर्को द्धन्द्ध चलिरहेपनि सम्बन्धी निकायले यसको रोकथाम तथा नियन्त्रणको लागी खासै पहल नगरेको स्थानियहरुको गुनासो छ् । दोधारा चाँदनी नगर क्षेत्रमा वन्यजन्तु आतंक रोक्न सरकारले दिर्घकालीन योजना बनाउन स्थानियले माँग गर्दै आएका छन् । जंगली जनावर नियन्त्रणका लागि तारबार गर्ने कार्य सरोकारवाला निकायले तदारुकता देखाएको छैन् । संरक्षणका नाममा र बन्यजन्तुबाट हुने क्षति नियन्त्रणका लागि डब्लुडब्लुएफ र तराई—भू परिधीले समुदाय स्तर कार्यक्रम सञ्चालन गर्दै गरेको सुन्न पाईन्छ् । समुदाय स्तर कार्यक्रममा क्रममा बर्सेनी ठूलो रकम खर्च भएपनि उपलब्धि न्यून हुदा स्थानिय सन्तुष्ट छैनन् । बन्यजन्तु संरक्षणका लागि भन्दै सरकारी तथा गैरसरकारी निकायले गोष्ठीमा मात्र बजेट खर्च गर्दा समुदाय लाभान्वित हुन नसकेको उनीहरुको गुनासो छ् ।


ताजा समाचार

spot_img