दोधारा । दोधारा चाँदनी नगरपालिकाका बाढी पिडितहरुलाई निड्स नेपाल कञ्चनपुरले न्यानो लुगा बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिकामा केही महिना आएको बिनासकारी बाढीबाट घर भत्कीएका घरधुरीलाई न्यानो लुगा बितरण कार्यक्रम संचालन गरेको निड्स नेपाल कञ्चनपुरका बाढी प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक नबिन भट्टले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकाका बाढीको कारण घर भत्कीएका १ सय २० घरधुरी बाढी पिडितहरु न्यानो लुगा बितरण गर्ने कार्यक्रम अनुसार आज दोधारा चाँदनी नगरपालिका वडा नं. १० को कुतियावकर बस्तीमा ३४ घरधुरीलाई न्यानो लुगा बितरण गरिएको निड्स नेपाल कञ्चनपुरका बाढी प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक नबिन भट्टले बताएका छन् । प्रति घरधुरी २ थान ब्लेङकेट, १ थान ओढ्ने सोल, १ थान ओछ्याउने लुगा बितरण गरिएको हो । कुतियाकवर झोलुङ्गे पुल नजिक बाढी पिडितहरुलाई न्यानो लुगा बितरण कार्यक्रममा निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु भट्ट, बाढी प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक नबिन भट्ट, निड्स नेपालका गणेश भुल, वर्षा साँउद, दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनार, वडा सदस्य बल बहादुर गुरुङ्ग, सुरक्षाकर्मी तथा बाढी पिडितहरुको उपस्थिती रहेको थियो ।


दोधारा चाँदनी नगरपालिका कार्यालय, निड्स नेपाल कञ्चनपुर, एक्ट नेपाल, अक्सफम नेपालको सहयोग र सहकार्यमा दोधारा चाँदनी नगरपालिका बाढीको कारण घर भत्कीएकाहरुलाई न्यानो लुगा बितरण गरिएको कार्यक्रममा बताईएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनारले निड्स नेपालले बाढी पिडित लगाएत बिभिन्न कार्यमा नगरपालिकाका स्थानियहरुलाई सघाउदै आएको भन्दै प्रशंसा गरेका थिए । ‘निड्स नेपाल कञ्चनपुर र उहाँको साँझेदारी संस्थाले दोधारा चाँदनी नगर क्षेत्रको समृद्धि र बिकासमा सघाउदै आएको छ्’ दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनारले भने । कुतियावकर बस्तीका एक स्थानिय माया देबि सुनारले जाडोको बेला निड्स नेपालले न्यानो लुगा दिएर निकै गुन लगाएको बताएका छन् । बिगत लामो समय देखि बिभिन्न कार्यक्रम माध्यमबाट सहयोग गर्दै आएको निड्स नेपाल कञ्चनपुरलाई माया देबि सुनारले मनले धन्यबाद दिएका थिए । बाढीले उनिहरुको सबै थोक बगाए लगेपछि आर्थिक अवस्था दैनिय रहेका स्थानियहरुको चिसो मौसम निकै कष्टकर बन्दै गएको अवस्थामा निड्स नेपाल कञ्चनपुरले दिएको न्यानो लुगाको चौतर्फी प्रशंसा भएको छ् ।







