दोधारा चाँदनीको मुख्य बजारमा प्रहरीको ‘तपाईको मास्क खोई’ अभियान


दोधारा । दोधारा चाँदनी नगरपालिकाको कालिका बजारमा प्रहरीले ‘तपाईको मास्क खोई’ अभियान संचालन गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ स्थित कालिका बजारमा आज नेपाल प्रहरीले ‘तपाईको मास्क खोई’ अभियान सम्पन्न गरेको हो । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न स्थानमा संचालन गर्दै आएको ईलाका प्रहरी कार्यालयले आज बिहान कालिका बजार क्षेत्रमा ‘तपाईको मास्क खोई’ अभियान सम्पन्न गरेको प्रहरीले जनाएको छ् । बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ईलाका प्रहरी कार्यालयले ‘तपाईको मास्क खोई’ अभियान संचालनमा ल्याएको हो । अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खोई’ लेखिएको व्यानरको प्रयोग गरी सचेतना अभियान सुरु गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा रहेको बाबाथान प्रहरी चौकीका ईन्चार्ज कृष्णराज भट्टले जानकारी दिएका छन् ।

सम्पूर्ण सडक प्रयोगकर्ता आम सर्वसाधारणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकालाई मास्क लगाउन अभिप्रेरित गर्ने अभियानको मुख्य उद्देश्य रहेको बाबाथान प्रहरी चौकीका ईन्चार्ज कृष्णराज भट्टको भनाई रहेको छ् । यस अघि दोधारा चाँदनी नगरपालिकामा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले बाबाथान बजार, चाँदनी बजार, महाकाली झोलुङ्गे पुल , चक्की बजार लगाएत भिडभाड हुने क्षेत्रमा ‘तपाईको मास्क खोई’ अभियान संचालन गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरतराज गिरीले जानकारी दिएका छन् । कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि जनचेतनामुलक कार्यक्रम प्रहरीले अघि सारेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरतराज गिरीको भनाई रहेको छ् ।

प्रहरीको ‘तपाईको मास्क खोई’ स्वागत योग्य बताउदै स्थानियहरुले सघाउदै आएका छन् । कोरोना संक्रमण बढ्न थालेपछि मास्कको अनिवार्य प्रयोग गर्ने लगाएतका जनस्वास्थ्य सुरक्षाका मापदण्डको कडाईका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश समेत जारी गरेको छ् । माघ ७ गते देखि सार्वजनिक स्थान र यातायातमा खोप कार्ड अनिवार्य गरिने, भिडभाड हुने गतिबिधी नगर्ने, २५ जना भन्दा बढी मानिसहरु भेला नहुने, विद्यालय बन्द गर्ने लगाएतका निर्णय तथा आदेशहरु जारी गरिएको छ ।


ताजा समाचार

spot_img