बेदकोटमा एमाले छाड्दै समाजवादी प्रवेस गर्नेको ओईरो


कञ्चनपुर : नेकपा एकिकृत समाजवादी बेदकोट नगरले बेदकोट नगरमा रहेका एमाले नेता कार्यकर्ताले समाजवादी प्रवेस गरेको जनाएको छ । शनिबार समाजवादी बेदकोट नगर ७ पिपलचौतारमा आयोजित कार्यक्रममा एमाले छाडेर समाजवादी प्रवेस गरेको सो पार्टीले जनाएको छ । नेकपा एकिकृत समाजवादी बेदकोट नगरका अध्यक्ष महेशराज जोशीले पछिल्ला दिनहरुमा एमाले परित्याग गर्दै समाजवादी रोज्नेहरुको ओईरो लागेको बताए । उनका अनुसार एकै दिन दर्जनौँ एमाले नेता कार्यकर्ताले समाजवादी रोजेका छन ।
अध्यक्ष जोशीका अनुसार बेदकोट नगरमा एमाले परित्याग गरेर समाजवादी प्रवेस गर्नेहरुमा तारा गिरी, गोपाल नाथ, अक्कल सिह, गोपाल सिह धामी, कमला ओड, काँग्रेस परित्याग गरेर जुना दमाई सहितका नेता कार्यकर्ताले समाजवादी प्रवेस गरेका छन । उनीहरुलाई समाजवादी कञ्चनपुरका इन्चार्ज लाल बहादुर खडकाले पाटी प्रवेस गरेका छन । पाटी प्रवेस गराउँदै समाजवादीका नेताहरुले ओली प्रवृति बिरुद्धमा टोलटोलबाट एमाले परित्याग गर्दै समाजवादीमा प्रवेस गर्नेहरुलाई जिम्मेबारी दिईने जनाएको छ ।

Loading Viewer...

ताजा समाचार

spot_img