दोधारा । कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनले अहिले सर्वत्र त्रास बढाएको छ् । दोधारा चाँदनी नगरपालिकामा पनि पछिल्लो समय कोरोना संक्रमण तिब्र छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा स्वास्थ्यकर्मीमा समेत एन्टिजिन पोजिटिभ देखिएका छन् । शून्यमा झरेको संक्रमण अहिले आएर धमाधम उकालो लागिरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । दोधारा चाँदनीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी समेत कोरोना संक्रमण देखा पर्न थालेपछि एक्सरे सेवा, खोप सेवा समेत प्रभावित बनेको छ् । दुई साता अघि सम्म संक्रमितको संख्या शुन्यमा रहेपनि अहिले संक्रमित भेटिएपछि फेरी संक्रमणको त्रास ह्वात्तै बढेको हो । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचारमा आउने बिरामीहरुमा स्वास्थ्य मापदण्ड अपनाउन थालिएको छ् । दोधारा चाँदनी नगरपालिकाका घरहरुमा ज्वरो, रुघाखोकीको संख्या ह्वात्तै बढेको छ् । घरमा रुघाखोकी, ज्वरो बढ्दै गएको अवस्थामा अधिकांश स्थानियहरुले नजिकैको मेडिकलहरुमा औषधी उपचार गर्दै आएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको एन्टिजिन परिक्षणमा कोरोना संक्रमित देखिएकाहरु घरमै बस्दै आएका छन् । संक्रमितको संख्या बढ्दै गएको अवस्थामा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिकाको भिडभाड हुने क्षेत्रमा ‘तपाईको मास्क खोई ?’ अभियानलाई अघि सारेको छ् । नगरको कालिका बजार, बाबाथान बजार, चाँदनी बजार, चक्की बजार, महाकाली झोलुङ्गे पुल क्षेत्रमा ‘तपाईको मास्क खोई ?’ अभियान अन्तर्गत मास्क बितरण तथा स्वास्थ्य मापदण्ड अपनाउन सबैमा आह्वान गर्दै आएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरतराज गिरीका अनुसार कोरोना संक्रमण बढ्दै गएको अवस्थामा नेपाल प्रहरीको कार्यक्रम अनुसार दोधारा चाँदनी नगर क्षेत्रमा ‘तपाईको मास्क खोई ?’ आगामी दिनहरुमा गर्दै जाने बताएका छन् । नेपाल प्रहरीको खोई मास्क कार्यक्रममा बिभिन्न संघ–संस्था, जनप्रतिनिधी तथा स्थानियहरु सहभागी हुदै आएका छन् । बिगतका दिनहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालयले कोरोना संक्रमित राख्ने तथा उपचार गर्ने ब्यस्वस्था गर्दै आएपनि यस पटक भने संक्रमितहरुको उपचार र बस्ने ब्यवस्था गरेको देखिदैन् । स्थानियहरुले स्वास्थ्य मापदण्ड नपनाउदा संक्रमितको संख्या अझै बढ्ने सन्त्रास सर्वत्र छ् । रुघा खोकी र ज्वरो आएका अधिकांशले चेकजाँच नगरेको कारण भाइरल ज्वरो हो कि, कोरोना संक्रमण हो एकिन गर्न सकिने अवस्था भने छैन् । कोरोना संग मिल्दोजुल्दो लक्षणले अहिले धेरै स्थानियहरु बिरामी परेपनि ति सबैले परीक्षण गराएका छैनन् । परिक्षण गराउने हो भने, कोरोनाका बिरामी अहिले भन्दा अझै बढी भेटिने स्वास्थ्यकर्मीको आंकलन छ् । प्राथमिक स्वास्थ्य केन्द्रमा गरिदै आएको एन्टिजिन परिक्षणमा दैनिक संक्रमित देखिएदै आएपनि उनिहरुको राख्ने र उपचारको ब्यवस्थामा स्थानिय सरकार खासै गम्भिर भएको देखिदैन् । दुई साता देखि यो संख्या बिस्तारै उकालो लाग्दै गर्दा पछिल्लो साता भने एकाएक माथी चढेको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको प्रयोगशालाका अनुसार संक्रमितको संख्या अझै माथी पुग्ने आंकलन गरेको छ् । ‘अहिले घर–घरमा कोरोना जस्तै लक्षण भएका बिरामी छन् । ति मध्ये थोरैले परिक्षण गराएका छन् भने कतिपयले परीक्षणनै गराएका छैनन,’ स्थानियहरु भन्छन्– ‘संक्रमणले तिब्र गति लिने देखिएको छ् । हामीले भयाभह हुनसक्ने डर मानेका छौं ।’ परिक्षणको दायरा बढाउने हो भने अहिलेको संख्या अझै बढ्ने एक अनुमान छ् । परीक्षण नगराएकोले संक्रमित संख्या अझ कम देखिएको हो । अहिले त घर घरमा रुघाखोकी, ज्वारोको बिरामी परेका छन् । यो संख्या अझै केही दिन थपिएको सुन्न पाईन्छ् । अरु बेला रुघाखोकी लागे जस्तै समस्या यसमा देखिएकोले पनि स्थानियहरुले परीक्षणमा वेवास्ता गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका संगै जोडिएको भारतिय सिमावर्तीमा ओहरदोहर कायमै छ् । ३५ किलोमिटर भारत संग जोडिएको दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रमा सुरक्षाकर्मीहरुको अभावकै कारण आवत जावतमा रोक लगाउन सम्भव देखिएको छैन् । सुरक्षाकर्मीको रोकावटको बाबजुत लुकीछिपी सिमावर्ती बजारमा ओहरदोहर गर्ने गरेको पाईन्छ् । ‘अहिलेको संक्रमण जोखिमपूर्ण नभएको भन्ने छ् । त्यसले गर्दा पनि नागरिक उत्तिसारो त्रसित बनेका छैन, अस्पतालमा पनि बिरामी भर्ना संख्या पनि कम छ,’ स्थानियबासी तामन सिंह गुरुङ्गले भने । उनका अनुसार चिसोको समय भएकोले नागरिकले चिसो लागेको भनेर परीक्षण गराउन नमानेका देखिन्छ् । ‘लक्षण देखिएका सबै नागरिकले परीक्षण गराउने हो भने त संख्या निकै नै उकालो लाग्थ्यो होला,’ उनले भने, ‘तर, चिसोको सिजन भएकोले चिसोले बिरामी परेको भनेर घरमै बसेका छन् । फेरि ज्यानै जाने अवस्था पनि देखिएको छैन् ।’







