कञ्चनपुर : कोरोना महामारीको तेस्रो चरण समुदाय स्तरमा समेत फैलिन थालेको छ । भारतबाट आउने मात्र नभई स्वदेशमै रहेका कर्मचारी सहितमा कोरोना देखिन थालेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका कार्यरत कर्मचारीमा कोरोना देखिएसंगै अति आवश्यकिय सेवा बाहेक अन्य बन्द गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेद्वारा हस्ताक्षरित गरिएको प्रशासनको सूचना अनुसार सेवा स्थगत गरेको जनाएको छ । प्रशासनका विभिन्न फाँटामा कार्यरत कर्मचारीमा कोरोना देखिएर होम आईसोलेशनमा बस्नुपर्ने जनाउँदै ७ माघदेखि सेवा स्थगत गरेको छ ।

कार्यालयबाट सम्पादन हुने शान्ति सुुरक्षा मुद्दा, अत्यावश्यक सेवा बाहेकाका कामकाज नहुने जनाएको छ । नागरिकता नयाँ प्रतिलिपी, राहदान, राष्ट्रिय परिचय पत्र, दर्ता नविकरण, पेन्सन सिफारिस प्रमाणित, नाबालक परिचय पत्र लगायतका सेवा बन्द गरिएका छन । अति आवश्यकीय सेवा लिन आउने सेवाग्राहीको हकमा स्वास्थ्य सुरक्षाको मादण्ड पुर्ण पालना गर्न आदेश गरिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले सहायक प्रमुख जिल्ला अधिकारी सहितका १२ जना कर्मचारीमा कोरोना देखिएपछि अति आवश्यक सेवा बाहेक नियमित सेवा बन्द गरिएको बताए । ‘कर्मचारीमा कोरोना लक्षण देखिन थालेपछि २७ कर्मचारीको परीक्षण गर्दा १२ जनामा कोरोना देखियो, ‘उनले भने, ‘कोरोनाले थप संक्रमण ल्याउने देखिएपछि अति आवश्यकीय काम बाहेक बन्द अन्य सेवा केही दिनका लागि बन्द गरेका छौँ ।’

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बिहीबार एकैदिन १ सय ३८ जनाका कोरोना पुष्टी भएको छ । भारतबाट फर्किने ७६जनाका ग्डडाचौकी नाकामा कोरोना देखिएको छ । हाल कञ्चनपुरका ६ सय ७२ सकृय संक्रमित कोरोनाका बिरामी छन । कोरोना महामारी तिव्र रुपमा फैलिदा समेत कञ्चनपुरका स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिएको छैन । सरकारले एकै २५ जना भन्दा बढि भिडभाँड नहुन र कोरोना स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाका लागि आदेश जारी गर्दा समेत पालना नहुँदा जोखिम बढ्दै गएको छ ।











