एमाले शुक्लाफाँटा ३ को सिंगो कमिटी सहित नगर कमिटीका सदस्यहरू एसमा मा प्रवेश


महेन्द्रनगर : नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरले आफनो संगठन विस्तारलाई तिव्रता दिईरहेको छ । मंगलवार नेकपा (एमाले) शुक्लाफाटा वार्ड नं. ३ को सिंगो कमिटी सहित नगर कमिटीका सदस्यहरू नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । नेकपा (एस) ले आफ्नो संगठन विस्तारको क्रममा शुक्लाफाटा नगरपालिकाका सवै वार्ड र टोलमा भेलाको आयोजना तिव्र रुपमा गर्दै आइरहेको छ ।

वार्ड नं. ३ मा युवा समाजसेवी एवं व्यवसायी मान वहादुर महराको अध्यक्षता र केन्द्रीय कमिटी सदस्य कन्चनपुर इन्चार्ज एवं प्रदेश सरकारका सामाजिक विकाश मन्त्री माननीय लाल वहादुर खड्काको प्रमुख आतिथ्यतामा आयोजित वार्ड भेलावाट रमेश वहादुर थापाको अध्यक्षतामा ३३ सदस्सीय वार्ड कमिटी निर्माण भएको छ ।

भेलामा पार्टीका प्रदेश कमिटी सदस्य एवं अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, नगर इन्चार्ज दिल वहादुर वुढा, जिल्ला कमिटी सदस्यहरू जोगी सिह सोव, दिनेश भण्डारी, जय वहादुर विष्, वचन राना, नगर अध्यक्ष हरिश विष्ट, उपाध्यक्ष गोपाल महरा, तप्त ठकुल्ला, सचिव प्रेम लुहार, सह सचिव मनोज साउद, कार्यालय सचिव दीर्ध राज रेग्मी युवा नेताहरू हर्क वि.सी.मदन विष्ट, नविन साउद, सुनिल भण्डारी, सुरेश भण्डारी लगायतको उपस्थिती थियो ।
उक्त कार्यक्रममा एमालेको वार्ड कमिटी र नगरवाट दर्जनौ नेता कार्यकर्ताले नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन । नव प्रवेशीहरूले अवको यो मुलुकको विकाश र सम्वृदिको नेतृत्व यही पार्टीले गर्ने विस्वास व्यक्त गरेका छन । प्रवेशी कपिन्द्र वम र मान वहादुर महरा गत स्थानीय निर्वाचनमा कांग्रेश र एमालेवाट वार्ड अध्यक्षका प्रत्यासी थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img