दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ वडा कार्यालयले न्यानो कार्यक्रम सम्पन्न गरेको छ् । चिसो प्रभावितलाई दोधारा चाँदनी नगरपालिका वडा नं. ३ वडा कार्यालयले आज टुहुरा, गरिब, बिपन्न तथा जेष्ठ नागरिकलाई शितलहरका कारण हुनसक्ने मानविय क्षति नियन्त्रण तथा न्यूनीकरणका लागि पूर्वतयारीको लागी कम्बल बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ वडाका वडाध्यक्ष पुष्कर दत्त जोशीले वडामा रहेका टुहुरा, गरिब, बिपन्न तथा जेष्ठ नागरिकलाई शितरलहरबाट बाँच्न कम्बल बितरण गरिएको जनाएका छन् । वडाबाट छनौट भएका ४५ जना टुहुरा, गरिब, बिपन्न तथा जेष्ठ नागरिकलाई वडा कार्यालयमा एक–एक थान कम्बल बितरण गरिएको हो । बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशी, वडा सदस्य तेज सिंह थापा, राधा सुनार, नेपाली काग्रेंस शुदुरपश्चिम प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्ट, वडा नं. ३ वडा कार्यालयका सचिव मोहन प्रसाद भट्ट, नेपाली काग्रेंस प्रदेश सह–सचिव गणेश रावल लगाएत टुहुरा, गरिब, बिपन्न तथा जेष्ठ नागरिक तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।


दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले चिसोको समयमा टुहुरा, गरिब, बिपन्न तथा जेष्ठ नागरिकलाई गरिएको न्यानो कपडा बितरण वडा कार्यालयको सहनिय कार्य भएको बताएका छन् । अरु वडा भन्दा जनताको काममा निकै खटिएका भन्दै वडा अध्यक्ष पुष्कर दत्त जोशीलाई उनले बिशेष धन्यबाद दिएका छन् । शितलहर र चिसोका कारण कठ्यांग्रिएर टुहुरा, गरिब, बिपन्न तथा जेष्ठ नागरिकलाई कम्बल बितरण कार्य बरदाननै साबित भएको नगर प्रमुख सुनारको भनाई रहेको छ् । बितरण कार्यक्रममा बोल्दै नेपाली काग्रेंस शुदुरपश्चिम प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्टले वडा अध्यक्षको प्रशंसनिय कार्यले जनता खुशी हुदै आएको बताउदै टुहुरा, गरिब, बिपन्न तथा जेष्ठ नागरिकलाई गरिएको सहयोग उत्तम मानविय कार्य भएको बताएका छन् । शितलहरका कारण आर्थिक अवस्था कमजोर भएका टुहुरा, गरिब, बिपन्न तथा जेष्ठ व्यक्तिहरुलाई चिसो काट्न निकै सकस हुने भएको हुदा वडा कार्यालयको निर्णय अनुरुप भएको न्यानो कार्यक्रम ल्याईएको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीले बताएका छन् । न्यानो कार्यक्रम गर्दा वडाबासीमा बढी प्रभावकारी हुने उद्देश्यले टुहुरा, गरिब, बिपन्न तथा जेष्ठ नागरिक छनौट गरि सहयोगमा कार्यक्रम संचालन गरिएको उनले बताएका छन् । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने परम्पराको थालनी गर्ने उद्धेश्यले वडामा रहेका विपन्न परिवारमा न्यानो कार्यक्रम संचालन गरिएको बताईएको छ् ।







