दोधारा चाँदनीबाट खैरो हिरोईन सहित २ युवक पक्राउ


दोधारा । दोधारा चाँदनी नगरपालिकाबाट प्रहरीले खैरो हिरोइन (ब्राउन सुगर) सहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरत राज गिरीको कमाण्डमा खटी गएको प्रहरी गस्ती टोलीले गएराती दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मिलन चौराहमा पैदल हिडिरहेका अवस्थामा दोधारा चाँदनी वडा नं. ७ बस्ने अन्ताजी बर्ष २२ को प्रेम सिह ठगुन्ना र बर्ष अन्ताजी १९ को युवराज बिश्वासलाई शंका लागी चेक जाँच गर्ने क्रममा उनिहरुको साथमा लुकाई छिपाई राखेको १८ ग्राम ४ सय ७० मिलिग्राम लागु औषध (खैरो हिरोईन ) बरामद गरिएको ईलाका प्रहरीले जनाएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले अनुसन्धानको लागी बरामद खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका २ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको प्रहरी श्रोतले बताएको छ् ।

 


ताजा समाचार

spot_img