दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेकपा माओबादी केन्द्रले कार्यालय स्थापना गर्ने भएको छ् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनीको नगर कमिटि अध्यक्ष भिम कुमालको अध्यक्षतामा बसेको आजको बैठकले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा केन्द्रको कार्यालय नभएको खण्डमा पार्टीको काम काज तथा बैठक बस्न असजिलो महशुस गर्दै एथासिघ्र कार्यालय स्थापना गरि पार्टीको कामकाज अघि बढाउने निर्णय गरेको नगर कमिटि सदस्य भक्त बहादुर सुनारले बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ को एक निवासमा बसेको नगर कमिटिको बैठकले यस्तो निर्णय गरेको हो । ‘पार्टीको कामकाज तथा बैठक बस्न असहज भएको कारण कार्यालय स्थापना गर्ने निर्णय गरिएको हो’ नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्ष भिम कुमालले बताएका छन् । बैठकमा आउदै गरेको स्थानिय निर्वाचन तथा प्रदेश निर्वाचनको संगठनिक अवस्था, संगठन बिस्तार, रुष्ट, निस्कृय नेता तथा कार्यकर्तालाई कसरी पार्टीमा पुन : सक्रिय बनाउने भन्ने बिषयमा छलफल गरिएको नगर अध्यक्ष भिम कुमाले बताएका छन् । स्थानिय निर्वाचन तथा प्रदेश निर्वाचन गर्दा दोधारा चाँदनी नगरपालिकामा नेकपा (एकिकृत समाजबादी), राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत कार्यालय स्थापना गरिसकेका छन् ।







