दोधारा चाँदनी नगरपालिकाको न्यानो कार्यक्रम


दोधारा । चिसो अत्याधिक मात्रामा बढे संगै दोधारा चाँदनी नगरपालिकाले असाहय र अतिबिपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा एक कार्यक्रमको बिच असाहय र अतिबिपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त लेखकले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकाका दशै वटा वडाहरुबाट छनौट गरि महिला तथा पुरुष गरि २२ जना गरिब तथा अतिबिपन्न जेष्ठ नागरिकहरुलाई एक–एक थान कम्बल बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त लेखकले बताएका छन् । बितरण कार्यक्रममा जेष्ठ नागरिक सबैका मार्ग दर्शक, पथ प्रदर्शक, ज्ञानदाता, आदरणीय भएकोले सबैले जेष्ठ नागरिकको सम्मान र हेरचाह गर्नु पर्ने कार्यक्रममा बताईएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगर उपप्रमुख चिनी ओझा गिरी, महिला बिकास शाखाका सहजकर्ता ईश्वरी सिंह लगाएत अतिबिपन्न जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो । असाहय र अतिबिपन्न जेष्ठको आर्थिक अवस्थालाई मध्यनजर राख्दै प्रत्येक वर्ष दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखा कार्यालयले जेष्ठ नागरिकलाई जाडोको समयमा न्यानो कपडा बितरण गदैृ आएको महिला तथा बालबालिका शाखा कार्यालयले जनाएको छ् ।


ताजा समाचार

spot_img