दोधारा । दोधारा चाँदनी नगरपालिकामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ् । नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराको आयोजना तथा नेपाल नेत्र ज्योती संघ आँखा अस्पताल महेन्द्रनगरको प्राबिधिक सहयोगमा आज सम्पन्न एक दिने निशुल्क आँखा शिविरमा झण्डै ४ सय आँखाका बिरामीले आँखाको जाँच गरेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले जनाएको छ् । जस मध्ये ८० जना आँखाका रोगीको लागीको लागी शल्यक्रिया गरिने भएको छ् । सल्यक्रियाको लागी नेपाल रेडक्रस सोसाईटी र नेपाल नेत्र ज्योती संघ आँखा अस्पताल महेन्द्रनगरले आँखाका बिरामीहरुलाई निशुल्क ब्यवस्था गर्ने भएको कार्यक्रममा बताईएको छ् । एक दिने निशुल्क आँखा शिविर उद्धघाटन कार्यक्रमका सभापतीत्व नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका अध्यक्ष राजेन्द्र मल्ल गरेका थिए भने प्रमुख अतिथीमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार रहेका थिए , यस्तै अतिथीमा नेपाल नेत्र ज्योती संघ आँखा अस्पताल महेन्द्रनगरका डाक्टर खगेन्द्र उप्रेती, नेत्र अधिकृत बिर सिंह धामी, हरि कृष्ण भट्ट तथा प्राबिधिक तथा रेडक्रसकर्मीको उपस्थिती रहेको थियो ।


दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आँखाका रोगीहरुले टाढा तथा महंगो अस्पतालमा गएर उपचार गर्नु पर्ने समस्या शिविरले हटाएको कार्यक्रममा बताईएको छ् । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका अध्यक्ष राजेन्द्र मल्लले नेपाल रेडक्रस सोसाईटीले साबिकको दोधारा क्षेत्रमा मानव सेवामा समर्पित कार्य गर्दै आएको बताइएका छन् । कोभिडको संक्रमण होस् अथवा बाढीको बेला होस् हरपल नेपाल रेडक्रस सोसाईटीले मानविय कार्यमा सहयोग पुऱ्याउने प्रयास गर्दै आएको बताए । उनले एक दिने आँखा शिविरमा प्रबिधिक सहयोग गर्ने नेपाल नेत्र ज्योती संघ आँखा अस्पताल महेन्द्रनगरलाई बिशेष धन्यबाद दिदै आगामी दिनहरमा समेत सहकार्य गरिने बताए । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले नेपाल रेडक्रस सोसाईटी उपशाखाले गर्दै आएको मानविय कार्यको प्रशंसा गर्दै आगामी दिनहरुमा नेपाल नेत्र ज्योती संघ आँखा अस्पताल गेटा संग सहकार्य गरि शल्यक्रियको नगर क्षेत्रमा ब्यवस्था गर्ने योजना रहेको बताएका छन् । एक दिने निशुल्क आँखा शिविर उद्धघाटन कार्यक्रमको संचालन रेडक्रसकर्मी मोहन सुनारले गरेका थिए । आखाँ शिविर संचालन ल्याएकोमा स्थानियहरु निकै खुशी भएका थिए ।








