सुपवि व्यवस्थापन संकाय प्रथम बर्षका विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न


कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय (बिबिएस) प्रथम बर्षका विद्यार्थीको स्वागत कार्यक्रम गरिएको छ ।No description available.

बिबिएस दोस्रो बर्षका विद्यार्थीले प्रथम बर्षका विद्यार्थीको स्वागत कार्यक्रम गरेको हो । विद्यालय प्रशासनले स्वागत कार्यक्रम ढिलाई गरेकाले (बिबिएस) दोस्रो बर्षका विद्यार्थी स्वयम एकजुट भएर विविएस प्रथम वर्षको स्वागत कार्यक्रम गरेको विद्यार्थी नेता नरेश पण्डितले बताएका छन । नरेन्द्र चन्दको सभापतित्वमा व्यवस्थापन संकायका डिन प्रा.डा. पदमराज जोशीको प्रमुख अथिति एव व्यवस्थापन विभागका प्रमुख शंकर दत्त भट्ट बिशिष्ठ अथितिमा र व्यवस्थापन संकायका प्राध्यापक टिकाराम खरेल, दिपक पाण्डेय, ऋतुराज भट्ट, गोविन्द बल्लब भट्टको अथितिमा कार्यक्रम सम्पन्न भएको थियो ।No description available.पुजा जोशी र रबिन्द्र साउँदले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गरेका थिए । भने विविएस दोस्रो वर्षका विद्यार्थी आ–आफ्नो ठाउँबाट सहयोग गरि कार्यक्रम सञ्चालनमा अहम भुमिका निर्वाह गरेका थिए । नेता पण्डितले “नवआगन्तुक सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई स्वागतका साथै आगामी दिनमा सुदुरपश्चिम विश्वविद्यालयको नाम अग्रपन्तीमा ल्याउनेछन् भन्दै उज्वल भविष्यको कामना व्यक्त गरेका छन ।”


ताजा समाचार

spot_img