वर्षपुस्तक प्रकाशन पूर्व वार्षिक समिक्षा

 मानव अधिकार उलंघनका घटना रोकिएन्


महेन्द्रनगर: कञ्चनपुरमा मानव अधिकार उलङघनका घटना रोकिएका छैनन । रोकिनु भन्दा पनि झन बर्षदिनमा बढिरहेको पाईएको छ । ईन्सक कञ्चनपुरले एक बर्षको अवधिमा गरेको तथ्याङ्क अनुरुप जिल्लामा मानव अधिकार उलङघनका घटना नरोकिएको जनाएको छ ।

सोमबार इन्सेकले महेन्द्रनगरमा नेपाल मानव अधिकार बर्ष पुस्तक २०२२ को पुर्व सन्ध्यामा सरोकारवालासंग आयोजना गरेको कार्यक्रममा ईन्सेक कञ्चनपुरका प्रतिनिधी लिलि कुँवरले प्रस्तुत गरेको प्रतिवेदन अनुरुप मानव अधिकार उलङघनका घटना नरोकिएको उल्लेख गरिएको छ । सन २०२१अप्रेलदेखि जुनसम्म कञ्चनपुरमा मानव अधिकार उलंघनका ६४ घटनाको अभिलेखिकरण गरिएकोछ ।

ईन्सेक कञ्चनपुरको तथ्याङ्क अनुसार ७ कर्तव्य ज्यान, १२ बलात्कार, ३३ महिला हिन्सा, ५ कुटपिट, ३ यौन दुव्र्यवहार, २ पुरुष हिन्सा र २ मानव बेचबिखनका घटना रहेका छन । हत्या, बलात्कार एव महिला हिन्साका घटनामा कमि नआएको ईन्सेकले जनाएको छ । कार्यक्रममा सरोकावाला निकायले मानव अधिकार संरक्षणका लागि सरकारी गैर सरकारी एव नागरिकविच समन्वय हुनुपर्नेमा जोडदिएका छन । अधिकारकर्मी भुवन कुँवरले मानव अधिकार घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मानव अधिकार संरक्षणका लागि सरोकारवाला पक्षविच सहकार्य आवश्यक रहेको औल्याउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले मानव अधिकार संरक्षण, सम्र्बद्धनमा प्रहरीका तर्फबाट सबै पहल प्रयास भईरहेको बताए । अधिवक्ता उद्धवराज भट्टले मानव अधिकार संरक्षणका लागि राज्यका संयन्त्र सकृय हुनुपर्नेमा जोडदिए । जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार जयन्ती अवस्थी(भट्ट)ले मानव अधिकार संरक्षणका लागि न्यायिक निकायले तदारुकता देखाउने बताए ।

कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले मानव अधिकारका घटना निर्मुल पार्नका लागि समाज, प्रहरी, वकिल, न्यायालय, सबै राज्यका संयन्त्र कृयाशिल हुनुपर्नेमा जोडदिए । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडक राज जोशीले अझैपनि मानव अधिकारको प्रत्याभूति नभएको भन्दै सरकारी स्तरमा थप प्रभावकारी नीति संचालनमा ल्याउन जोडदिए।


ताजा समाचार

spot_img