दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

कैलाली : रोकी राखेको ट्रयाक्टर सँग मोटरसाईकल ठोकिदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
आज विहान ११ बजे कैलाली गोदावरी नगरपालिका ९बल्मीमा ढुङ्गा लोड गरी सडकको छेउमा रोकी राखेको सु.प.प्र. ०००२ त ६०७९ नं.को ट्रयाक्टरमा सु.प.प्र. ०१–००८ प ७१२७ नं. को मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक वर्ष ४२ का सुरेश बुढाको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको छ ।

मोटरसाईकल चालक बुढा कैलाली लम्की चुहा नगरपालिका ५ तिलकपुर निवासी रहेका छन । भने ट्रयाक्टर चालक गोदावरी नगरपालिका ९ बल्मी वस्ने वर्ष २६ का लक्ष्मण कुमार रावत रहेका छन् । दुर्घटना बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा समाचार