कान्तिपुर वचत तथा ऋण सहकारी संस्था लिमिटेड को नवौं वार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर,
कान्तिपुर वचत तथा ऋण सहकारी संस्था लिमिटेड को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभामा संस्थाका अध्यक्ष कविराज अवस्थीले वार्षिक कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।May be an image of 3 people, people sitting and indoorसहकारीलाई आर्थिक समृद्ध बनाउन सबै सदस्यको सहयोग हुनु पर्ने र सदस्य संख्या र पुजि बृद्धि गरी नमुनाको रुपमा लैजान आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि माधव प्रसाद जोशीले बताउनु भयो ।May be an image of 4 people, people sitting, people standing, balloon and indoorसहकारीलाई दिगो रुपमा र सबै पालिकामा सेवा प्रदान गर्न वितिय साक्षरता अभियान सञ्चालन गर्न सुझाव दिए । समाजसेवी लोक बहादुर ठकुराठीले पुजी थप गरि सहकारीलाई बलियो बनाउनु पर्ने र पुजि अभाव भए सहकारी समस्या पर्ने खतरा रहेको बताए ।
May be an image of 4 people, people sitting, people standing, balloon and indoor
भीमदत्त नगरपालिकाको वडा नं. २ र १८ बाट सेवा बिस्तार गरेको सहकारीले हाल भी.न.पा का सबै वडाहरुमा सेवा बिस्तार गरेको छ । सहकारीले कोभिड-१९ बाट बचत कर्ता ऋण लगानी गरेकाहरुमा समस्या परेको ले ४ महिनाको ब्याज छुटको योजना तयार गरेको छ ।May be an image of 5 people, people sitting, people standing and indoor आर्थिक वर्ष ७ करोड ३८लाख ३५ हजार ६ सय ४ रुपैया ९२ पैसा बराबरको कारोबार भएको छ। गत आर्थिक वर्षको शेयर पुजि २२ लाख ७ हजार ४ सय थियो भने यस आर्थिक वर्षमा ५ लाख ११ हजारले बढेर २७ लाख १८ हजार ४ सय पुगेको छ । जसमा गत वर्षको तुलनामा २३.१४ प्रतिशतले बुद्धि भएको छ।May be an image of 6 people, people standing and indoorकान्तिपुर साकोस का अध्यक्ष कवि राज अवस्थीको अध्यक्षता मा तथा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ तथा सुदुरपश्चिम वचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशीको प्रमुख अतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । संस्थापक अध्यक्ष भुवन राज भट्ट निर्वतमान अध्यक्ष मिलाप थापा समाजसेवी लोक बहादुर ठकुराठी अतिथि रहेका थिए । साधारणसभा मा शेयर सदस्य कर्मचारी लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक बसन्त भट्टले गर्नु भएको थियो।May be an image of 8 people, people sitting, people standing and indoor

ताजा समाचार

spot_img