नागरिक प्रतिवेदन पत्र र सेवाग्राहीहरुको अभिमत सुझाव संकलन कार्यक्रम सम्पन्न


कञ्चनपुर: जिल्ला स्थित रहेको भिमदत्त नगरपालिकाको वार्ड नम्बर १ मा नागरिक प्रतिबेदन पत्र र वार्ड नम्बर ३ मा बहिर्गमन अभिमतमा सेवाग्राहीहरुको अभिमत र सुझाव संकलनको विवरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ।
साझेदारी संङ्घियता सहयोग कार्यक्रम को प्राविधिक सहयोगमा जिल्लामा कार्यरत विभिन्न संघसंस्था तथा स्थानिय टोल विकास संस्थाहरुको पहलमा कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. १ मा नागरिक प्रतिवेदन पत्र सर्वेक्षण सम्पन्न गरेको छ ।No description available.
उक्त प्रतिवेदनमा वडा नं. १ को कार्यालयबाट प्रवाह गरिने सेवाको “सन्तुष्टि”, “नियमितता”, “जनविश्वास”, “गुणस्तर”, “जानकारी” र सेवासम्बन्धी “गुनासो व्यवस्थापन” का बारेमा थाहा पाउन सकिने गरी प्रश्नावली तयार गरि सेवाग्राहीबाट नागरिक प्रतिवेदन पत्रमा लिखित अभिमत संकलनका साथ प्रतिबेदन तयार पारि वाडका जनप्रतिनिधि तथा सेवा प्रवाहा गर्ने कर्मचारीहरुको सामु समुदाय बाट आएको राम्रा पक्ष तथा सुधार गर्नु पर्ने पक्ष लाई प्रस्तुतिकरण गरिएको छ ।
प्रस्तुतिकरण लाई वार्डन १ का कार्यबहाक अध्यक्ष कालु राम डगौराले राम्रा पक्ष लाई निरन्तरता र सुधार गर्नु पर्ने पक्षलाई सुधारको लागी कार्यन्वयन गर्ने प्रबिद्धता जनाउनु भएको छन् । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ३ मा यस जिल्लाका स्थानिय संस्थाहरु तथा विभिन्न टोल विकास संस्थाहरुको सामुहिक प्रयासले वार्ड नं ३ मा बहिर्गमन अभिमत सर्वेक्षण कार्यक्रम सम्पन्न गरेको छ । यस बहिर्गमन अभिमत प्रतिवेदनमा वडा नं. ३ को कार्यालयबाट प्रवाह गरिने सेवाको अनुगमन र सुझाव संकलन गरि ५० जना स्थानिय नागरिकहरुको अभिमतलाई समावेश गरिएको थियो ।No description available.
स्थानिय सरकारलाई थप सेवामुखि र जनमुखि बनाउन सरकारका प्रतिनिधि र कर्मचारीले मात्रै नसकिने भएकाले नागरिकहरुको सुझाव सल्लाहको आबश्यकता पर्ने भएकाले स्थानिय सरकारले प्रवाह गर्दै आएको सेवाको गुणस्तर, ब्यबहार र सुधारका पक्षहरुलाई यो अध्ययनले समेटेको छ। अध्यनमा पनि वार्ड नं ३ बाट प्रबाहा भएका सेवहरुको बारेमा उल्लेख भएका सबल पक्ष र सुधार गर्नु पर्ने पक्षमा उल्लेख भएका बुदाहरुलाई यस वडाका वडा अध्यक्ष राम बहादुर जप्रेलले कार्यन्वयनका लागी प्रतिबद्धता जनाई कार्यक्रमहरु लाई निरन्तरता दिुन पर्ने मा जोड् दिनु भयो।

ताजा समाचार

spot_img