कञ्चनपुर : कञ्चनपुर जिल्ला अदालतबाट सजाय तोकिएका फरार कसुरदारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । दैजी वडा नं. ५ बस्ने ज्ञानेन्द्र बम(ज्ञानु) लाई चोरी मुद्धामा २०५६ मंसिर ९ गते जिल्ला अदालत बाट १ महिना १५ दिनको सजाय तोकिएको थियो ।
त्यसैगरी भीनपा ३ बस्ने वर्ष २७को प्रकाश पन्तलाई ज्यान सम्बन्धी कसुर मुद्धामा २०७६ असार २९ गते ५ वर्ष र रु.५० हजार जरिवाना तोकिएको थियो । दुवै अभियुक्त सजाय भुक्तान नगरी फरार अवस्थामा रहेका थिए ।
दुवै फरार अभियुक्तलाई आज उनीहरुको घर नजिकैबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कैद सजाय भुक्तानको लागि कारागार चलान गरको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।