दोधारा : दोधारा चाँदनी नगर क्षेत्रमा निल गाईले किसानहरुलाई हैरान पारेको छ् । छाडा चौपाय संगै निल गाईले स्थानिय किसानहरुले लगाएको खन्नवाली नष्ट पार्न थालेपछि किसानहरुले हैरानी खेप्नु परेको हो । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ को हात्ती पिडित भनिएको क्षेत्र बडवाल टोलमा दैनिक रातीको समयमा हुल बाँधेर आउने निल गाँईले गहुँ खेती, तरकारी तथा दलहन बालीलाई निसाना बनाएको छ् । भारतिय जंगलबाट आएको दर्जनौं संख्यामा रहेका निल गाईले जुन खेतमा पस्छन् त्यस खेतको पूरै बाली नाश पार्दै हिडेका स्थानियहरुले बताएका छन् ।

कतिपय बाली त गाईले थिचिएर पनि नष्ट हुने गरेको किसानले बताएका छन् । हात्तीले किसानहरुको खेती नष्ट गर्दै आएको दोधारा चाँदनीको बडवाल टोलमा अहिले आएर निल गाँईले खेतीपाती नष्ट गर्न थालेपछि किसानहरु पिडामा रहेका छन् । निल गाई धपाउन स्थानियहरु राभरी जाग्रम बस्दै आएको स्थानियबासी लक्ष्मी राना क्षेत्रीले बताएका छन् । नील गाईले मेहनत गरि लगाएको बाली खान थालेपछि किसान चिन्तित बनेका छन् । नील गाईले गहुँ, तरकारी तथा दलहन बालीलाई निसाना बनाएको छ् । दर्जनौं संख्यामा रहेका गाईले जुन खेतमा पस्छन् त्यस खेतको पूरै बाली नाश पार्दै हिडेका स्थानियबासी लक्ष्मी राना क्षेत्री बताउछन् ।

‘कतिपय बाली त, निल गाईले थिचिएर पनि नष्ट गर्छ’ लक्ष्मी राना भन्छन् । केही दिन अघि हात्तीको आहारा बनेको बडवाल टोलको खेती वाली अहिले आएर नील गाईको आहारा बनेको छ् । भारतिय जंगलमा लुकेर बस्ने गरेका नील गाईले रात परेपछि निस्केर किसानका बाली नष्ट पार्थे । अहिले त दिनमै आएर बाली खान थालेको अर्का स्थानियबासी आशा रानाले बताएका छन् । ‘दर्जनौंको संख्यामा झुण्ड बनाएर आउने निल गाई जुन खेतमा पस्छन् त्यो खेतको पूरै बाली सखाप नै पार्छ्’ आशा रानाले भनिन्– ‘कतिपय बाली त किचिएर नै नष्ट हुन्छ ।’ उनका अनुसार केही दिन अघि मात्रै हात्तीले आतंक मच्चाएको बस्तीमा अहिले आएर नील गाईले खेती खाएर आतंक नै मच्चाएको छ् । ‘दिनभर खेतमा कुरेर बस्ने काम हुदैन् । घरको अरु पनि काम हुन्छ’, आशाले भने, ‘खेतमा कोही नभएका बेला आएर बाली खाएर जान्छ् ।

खेतमा मानिस हेर्ने बित्तिकै भाग्छ् । एक/दुई वटा भए त लखेटेर भगाउन मिल्थ्यो । दर्जनौं संख्यामा आएका छन् ।’ रातीको समयमा एउटा झुण्डलाई धपाउदा अर्को खेतमा आइपुग्ने गरेको उनले सुनाए । वर्ष भरि मिहिनेत गरेर उब्जाएको बाली एक दिनमै आएर सखाप पार्दा बिचल्ली भएको बडवालबासीको भनाई रहेको छ् । ‘तरकारी बाली पूरै खाइदिएको छ् । बालीनाली नष्ट हुदा किसानको लगानी समेत उठ्ने अवस्था छैन’, प्रेम कामीले भने– ‘वर्ष भरिको मिहिनेत खेर जाँदा किसानको जिवन कष्टकर बनेको छ् ।’ दोधारा चाँदनीको बडवाल टोलमा विगत लामो समय देखि मानव र वन्यजन्तु बिच द्वन्द्व चलिरहेको छ् । छाडा चौपाया र वन्यजन्तुले किसानहरुले लगाएका खेती एक रातमा सखाफ पार्न थालेपछि किसानहरु चिन्तीत बन्दै आएका छन् ।






