दोधारा चाँदनीको बाढी पिडित बस्तीमा खाद्यान्नको अभाव


पप्पु गुरुङ्ग, दोधारा । बाढीले सबै थोक बगाएको स्थानीयवासी आफूहरु संग पैसा नभएका कारण खाद्यान्न खरिद गर्न नसकेको बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० का मोहन सुनारको एक महिना अघि आएको बाढीको कारण घरमा भएको सबै थोक बगाएपछि उनको परिवारलाई खाद्यान्नको अभाव श्रजना भएको छ् । केही दिन दोधारा चाँदनी नगरपालिका कार्यालय मार्फत बिभन्न संघ–संस्था तथा ब्यक्तीहरुले दिएको खाद्यान्न सकिएपछि घरमा खाद्यान्नको चरम अभाव श्रजना भएको मोहन सुनारले बताएका छन् । अहिले उनीहरुले छिमेकी संग पैचो मागेर छाक टार्नु परेको बताएका छन् । बाढीले घरमा संचित गरेको खाद्यान्न तथा लत्ताकपडा नष्ट गरिदिएपछि उनको परिवारमा खाद्यान्नको चरम समस्या श्रजना भएको हो । दोधारा चाँदनी नगरपालिका वडा नं. १० का कुतियावकर, शान्ती टोल, बैतिफाँटा, सुर्खेती टोल, अठार नम्वर पिल्लर बस्ती लगाएत बस्तीमा बाढीको कारण खाद्यान्नको अभाव श्रजना भएको स्थानियहरुले बताएका छन् । उक्त बस्तीहरुमा किसानहरुको खेती योग्य जग्गामा बाढीले बालुवा थुपारिदिएपछि आगामी दिनहरुमा समेत खाद्यान्नको चरम अभाव श्रजना हुने पक्का पक्की भएको छ् । आफ्नो खेती योग्य जग्गा बाढीले बगर बनाईदिएपछि कुतियावकर, शान्ती टोल, बैतिफाँटा, सुर्खेती टोल, अठार नम्वर पिल्लर बस्तीका अधिकांश किसानहरुले खेतमा गहुँ छर्न पाएका छैनन् । सर्वसाधारण आवश्यक पैसा नहुदा खाद्यान्न खरिद गर्न नपाएको माया देबि सुनारले बताएका छन् । ‘बाढीले केही राखेन् संघ–संस्थाबाट पाएको खाद्यान्न पनि सकियो । बाढी पसेको चिसो घरमा सुत्नु पर्दा रुघा खोकी, ज्वरोले सताउन थालेको छ्’ माया देबि सुनारले भने । घरमा छाक टार्न समेत निकै समस्या पर्दै आएको उनको पनि पिडा छ् । माया देबिको बाढीले घरको भित्ता भत्काईदिएपछि संस्थाले दिएको त्रिपालको सहारामा रात बिताउनु परेको बताए । बाढीको कारण नागरिकमा अशैय पिडा छ् । कोभिड–१९को महाव्याधिका कारण रोग, भोक र शोकमा परेका नागरिकलाई दोधारा चाँदनीका बाढी पिडितहरुलाई थप पिडा दिएको हो । बाढीले बस्तीमा धन सम्पत्ति र पूर्वाधार पनि सखाप बनाएको छ् । अबका दिनहरुमा कति बेला महाकाली नदी र जगबुडा नदीको भंगोलो फेरी बस्तीमा पस्छ भन्ने चिन्ता रहेको कुतियावकर बस्तीका मोतिराम सुनार बताउछन् । प्राकृतिक विपत्ति कसैले टार्न सक्दैन । तर विपत्तिको सामना गर्न सक्ने क्षमता राज्यले बनाउन सक्छ् । नेपाल जस्तो आर्थिक तथा राजनितिक तरलताले जर्जर हुदै मुलुकले महामारीमा जनस्वास्थ्यका सवाल सम्बोधन गर्न नसकिरहेका बेला बाढी र दैवी विपत्तिको सामना गर्न निकै चुनौतीपूर्ण त हुने नै छ् । दोधारा चाँदनी नगरपालिकाका कुतियावकर, शान्ती टोल, बैतिफाँटा, सुर्खेती टोल, अठार नम्वर पिल्लर बस्तीको लागी सरकारले दिर्घकालिन योजना तत्कालै सोच्नु पर्ने बेला आएको छ् । यस पटकको बिध्वसकारी बाढीले धन्न मानविय क्षती मात्रै गर्न सकेको हैन् । बस्तीमा भएका लाखौको धनमाललाई पुऱ्याएको क्षतीको बारेमा बिशेष गरि स्थानिय सरकार गम्भिर हुन आवश्यक छ् । बस्तीमा बाढी पसेर तहसनहस गर्दा स्थानिय सरकार तथा संघ–संस्थाले राहत मात्रै दिने पराम्पराको अन्त्य गरि उनिहरुको सुरक्षार्थ महाकाली नदी र जगबुडा नदी नियन्त्रणको लागी गुरुयोजना संचालन गर्नु अहिलेको अपरिहार्य बिषय बनेको छ् । समृद्धि बिकासको लागी नदीमा जथाभावी उत्खनन् गर्दाको परिणाम पनि बस्तीमा वर्षातमा क्षती पुग्ने गरेको छ् । अध्ययन भू–बनोट र भौगर्भिक अध्ययननै नगरिएका नदीहरुमा डोजर चलाउदा यो संकट आउनुमा धेरै मलजल गरेको छ् । कोरोनाको महामारीले नागरिक त्यसै पनि आजित छन् । सरकारी सेवा प्रवाह नहुने घाम जत्तिकै छर्लङ्ग छ् । यस्तो जस्तोसुकै विपत्तिमा पनि नागरिक आफैं सामना गर्न बाध्य छन् । राज्यको तर्फबाट केही हुदैन । सरकार केवल मूकदर्शक हुन्छ् । जापान सरकारले दोधारा चाँदनी नगरपालिकालाई जोगाउन बनाएको महाकाली नदीमा बनाएको तटबन्धलाई मर्मत र बाँकी रहेको क्षेत्रमा पक्की तटबन्ध निमार्ण गर्नु अति आवश्यक छ् । बाढी गएको एक महिना बितिसक्दा समेत सरकारले उनिहरुको थप ब्यावस्थापनका लागी चाँसो दिएको छैन । बाढी पिडितहरु एक छाक टार्नको समेत समस्या परिरहेको छ् । बाढीले लत्ताकपडा बगाईदिएपछि अधिकांश चिसोको समयमा बाल बच्चाको समेत बिचिल्ली रहेको बिषयमा स्थानीय सरकार, प्रदेश सरकार तथा संघिय सरकार भने मौन बसेको छ्


ताजा समाचार

spot_img