दोधाराका बाढीपिडितहरु भन्छन् : ‘हाम्रो खेतको बालुवा हटाउने ब्यवस्था गर्नु पऱ्यो सरकार’


दोधारा : गएका महिना दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० का कुतियावकर, शान्ती टोल, बैतिफाँटा, सुर्खेती टोल, गुरुङ्ग टोल, अठार नम्वर पिल्लर बस्ती लगाएत बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले बस्तीनै डुवानमा पऱ्यो । महाकाली नदी र जगबुडा नदी उर्लिदा नदीको भंगोलो बस्तीमा पसेपछि स्थानिय प्रशासन र स्थानियहरुले बाढीमा फसेकाहरुलाई उद्धार कार्यमा जुटे । बस्तीनै बाढीको कारण त्राही–त्राही बन्यो । अहिले आएर अवस्था सामान्य बन्दै गएको छ् । दोधारा चाँदनी नगरपालिकाको धेरै जसो खेती योग्य जग्गा बगर बनिसकेको अवस्था छ् । भारतिय संग सिमा जोडिएको बस्तीमा आएको बिनासकारी बाढीले लाखौंको धनमालको क्षती गऱ्यो । त्यो रात आएको बाढीको पिडादायिक कथा उनिहरु संगै छ् । बाढीले उनिहरुको खेती योग्य जग्गा बालुवा थुपारिदिएपछि अवका दिनहरुमा के खाने, भन्ने चिन्ताले सताएको छ् । ‘हामी सबैको उब्जनी हुने खेत सबै बालुवाले पुरिदियो’ स्थानियबासी मोहन सुनारले भने । बस्तीको खेती योग्य जग्गामा बाढीको बालुवाले पुरिदिएपछि यस पटक खेती लगाउन नपाएको उनको भनाई रहेको छ् ।

महाकाली र जगबुडा नदीमा आएको बाढीले बगाएर ल्याएको रुख, दाउरा बस्तीमा थुपारिदिएको उनले बताए । ‘बाढीको बेला मेरो वडामा मात्रै ९ सय घरपरिवार प्रभावित बन्न पुग्यो’ दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष नर बहादुर सुनारले भने । खेतमा बाढीले थुपारिदिएको बालुवा हटाउन नगरपालिकाले समन्वय गर्ने बताए । बाढीपिडितहरुलाई तत्कालको लागी राहतस्वरुप नगरपालिका र दातृ निकायबाट खाद्य तथा गैरखाद्य सामग्री बितरण कार्य भईसकेको उनको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकाको भौगलिक बिकट मानिने दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० को अठार नम्वर पिल्लर बस्ती, कुतियाकवर, बैतिफाँटा, शान्ती टोल लगाएत बस्तीका स्थानियहरु खेतीपाती र भारतिय सिमावर्ती बजार क्षेत्रमा ज्याला मजुरी गरेर जिविका चलाउदै आएका छन भने कयौं स्थानियहरुको छाक टार्ने बाटोनै खेतीपातीनै हो । अहिले आएर उनिहरुको जग्गामा बालुवा थुपारिदिएपछि खेती गर्नबाट बन्चित भएका छन् । उनिहरु बिहान साँझ खेतमा हेरेर दिन काट्न थालेका छन् ।

संघ–संस्था तथा ब्यक्तीबाट सहयोग पाएको भएपनि सरकार पक्षले किसानहरुको बाढीले बिगारेको खेती योग्य जग्गा तथा तटबन्धको बारेमा कुनै कार्य नगरेको उनिहरुको गुनासो छ् । ‘राहत भन्दा हाम्रो खेतमा डोजर लगाएर बालुवा हटाईदिए हुन्थ्यो’ स्थानियबासी सुनिता सुनारले भने– ‘गरिखाने खेतमा बालुवा भरियो । सबैले खेती लगाईसके, हाम्रो खेत त्यस्तै छ् । अब कसरी जिविका चलाउने ?’ सुनिताले स्थानिय पालिकालाई तथा बाढीको क्षती हेर्न आएका सबै नेता तथा संघ–संस्थालाई सुनाएको उनले बताईन् । अन्नवाली बगाउदा एक छाक टार्न समेत हम्मे–हम्मे पर्दै आएको उनिहरुको पिडा छ् । त्यसै गरि अर्का स्थानिय सुष्मा सुनारले हरेक वर्ष जगबुडा र महाकाली नदीले पिडा दिने गरेको बताईन् । ‘वर्षातमा हाम्रा घरहरु सुरक्षित रहदैन् , यस पटक भने भिषण बाढीले सबै तहस नहस पाऱ्यो’ उनले भनिन् – ‘गरिब त्यसैमा दलित बस्तीलाई कसैले वास्ता गरेनन्’ बाढीको बेला तत्काल राहत संगै पिडितको लगत संकलन गरेर केन्द्रमा पठाएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । सरकारबाट आश्वासन समेत पाएको दोधारा चाँदनी नगरपालिका कार्यालयको भनाई रहेको छ् ।


ताजा समाचार

spot_img