कञ्चनपुर : कञ्चनपुरका आरक्षपीडितले जंगली हात्तीको वितण्डा रोक्न माग अघि सारेका छन । सोमबार आरक्षपीडित सघर्ष समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र पठाएका छन । शनिबार राती लालझाडी गाँउपालिका ६ चाँन्देव ढक्का आरक्षपीडित शिबिरमा जंगली हात्तीको बथानले एक आरक्षपीडित नागरिक खगि रानाको मृत्यसंगै दर्जनौँ टहरा भत्काएको र अन्नबाली नष्ट गरेपछि सोमबार आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारी नेतृत्वको पीडितले टोलीले प्रशासन मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन ।

आरक्ष पीडितले हालकै प्रधानमन्त्री देउवा प्रधानमन्त्री भएका बेला ०५८सालमा आरक्षबाट विस्थापित गराएर हाल उनै प्रधानमन्त्री हुँदा समेत पूर्नस्थापना नहुँदा पीडित जंगल छेउमा बस्दा जंगली जनावरको शिकार बन्नु परेको दुखेसो पोखेका छन । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी मार्फत प्रधानमन्त्री देउवा, प्रधानमन्त्री कार्यालय र वन मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै पूर्नस्थापना नहुँदाको परिमाण बर्षनी हात्ती लगायतका जनावरले पीडितको ज्यान लिनेदेखि मानविय भौतिक क्षति गरिरहेको बताए । ‘हामीलाई विस्थापित गर्ने व्यक्ति नै अहिले पनि प्रधानमन्त्री छन, ‘आरक्षपीडित संघर्ष समितिका अध्यक्ष भण्डारीले भने, ‘हाम्रो समस्या प्रति प्रधामन्त्री देउवा रतीभर जिम्मेबार छैनन ।’ पूर्नस्थापना नहुँदाको परिमाण आज एकारित हात्ती अर्कातिर शितलहरले पीडितले ज्यान गुमाउनुपर्ने बाध्यता आएको बताए ।

पीडितको पूर्नस्थापना नहुँदासम्म प्रशासनका तर्फबाट हात्ती भगाउनका लागि आवश्यक सहयोग गर्दै मानव अधिकारको सुरक्षा एव पीडितको सुरक्षा प्रबन्धमा माग अघि सारे । सहायक प्रमुख जिल्ला अधिकारी सामु पीडितले निकुञ्जमा खटिएको सेनाले हात्तीबाट पीडित जनताको सेवा र सुरक्षा भन्दा जनतामाथि उल्टै धम्काउने काम गरेको समेत दुखेसो पोखेका छन । हात्तीबाट जोगिनका लागि जंगलबाट कुहिएको दाउरा ल्याउँदा समेत माथिको आदेश भन्दै सेनाले अमानविय रुपमा दाउरा खोसेर जलाईदिने दुखेसो पोखेका छन । आरक्षपीडितको ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले आरक्षपीडित बस्तीमा हात्ती नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने बताए । उनले पीडितको माग हुबही प्रधानन्त्री कार्यालय र वन मन्त्रालमा पठाउने बताए । हात्तीको आक्र्रमणनमा चाँन्देव ढक्का शिबिरका रानाको मृत्युसंगै दर्जनौँ घर टहरा भत्काएको छ । जंगलबाट हात्ती भगाउनका लागि झरेपरेका दाउरा ल्याउँदा समेत नेपाली सेनाले रोकेर दिउँसै जलाउने गरेको बताए ।

‘यो निकुञ्जबाट झरेपरेका कुहिएका दाउरा ल्याउँदा समेत सेनाले माथि निकुञ्जको आदेश भन्दै खोसेर दिउँसै जलाईदिन्छ, ‘उनले भने, ‘यसो दाउरा भएको भए आगो बालेरै समेत हात्ती भगाउन सहज हुन्थ्यो, त्यो पनि रहेन ।’ अर्का आरक्षपीडितका अगुवा गोबिन्द नेपालीले सरकारलाई जनता भन्दा जनावर प्यारा भएकै कारण नागरिकले हरेक बर्ष ज्यान गुमाउनु परेको बताए । ‘बस्तीमा सरकारले विजुली समेत दिएको छैन, ‘उनले भने, ‘हामीमाथि अमानविय व्यवहार भयो, न बिजुली न कुहिएको दाउरा अध्याँरामा बस्ती पसेका हात्तीसंग मुडभेटमा एक आरक्षपीडितले ज्यान गुमाए, अझै कतिले ज्यान गुमाउने हुन थाहा छैन ।’ हरेक बर्ष खेतीपातीका बेला जंगली हात्तीले शिबिरमा क्षति पु¥याउँदा समेत सरकारी निकायबाट चासो नदिएको बरु उल्टै राष्ट्रको सेवक नेपाली सेना मार्फत पीडितमाथि झन पीडा थप्ने काम गराएको बताए । हात्तीले शिबिरमा मानिसको ज्यान लिएसंगै घर टहरा भत्काएपछि स्थानीयमा त्रास फैलिएको छ । पीडितले पूर्नस्थापना नहुुँदा आफुहरु जंगली जनावरको शिकार हुन लागेको भन्दै पीडितले सरकारसंग यथाशिघ्र पूर्नस्थापनाको माग अघि सारेका छन ।
हालकै प्रधानमन्त्री शेर बहादुर देउवा ०५८ सालमा पनि प्रधानमन्त्री हुँदा उनकै पालामा विस्थापित पीडितको अझैसम्म पनि पूर्नस्थापना भएको छैन । देउवा पाँच पटक प्रधानमन्त्री भए तर, पीडितको भने पूर्नस्थापना त परै जावस समान्य मानव अधिकारबाट समेत सुरक्षित छैनन । कञ्चनपुरमा हात्तीको आतङ्क नरोकिएपछि वन क्षेत्रका स्थानीय त्रसित भएका छन । हात्तीबाट हुने मानविय तथा भौतिक क्षति न्यूनिकरणका लागि तीन तीन सरकार हुँदा समेत कसैले न चिन्ता न चासो दिएका छन । बर्षनी जंगली हात्तीको बथानले मानविय तथा भौतिक क्षति गरिरहेको छ । तर, सरकारले भने हात्तीको वितण्डा रोक्नका लागि पहल नगर्दा स्थानीय चिन्तित भएका छन ।






