भीमदत्तमा कोभिड प्रभावित समुदायको पुर्नरुत्थान परियोजना बारे छलफल


कञ्चनपुर : भीमदत्त नगरपालिकामा कोभिड – १९ बाट प्रभावित समुदायहरुका लागि पुर्नरुत्थान परियोजना बारेमा छलफल गरिएको छ । आइतबार एमसिएपिको आर्थिक सहयोग र एलडब्ल्युआरको साझेदारीमा निड्स नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन गर्न लागेको उक्त परियोजनाको बारेमा एक कार्यक्रमको आयोजना गरि छलफल गरिएको हो ।No description available.

कोरोनाका कारण प्रभावित भएका परिवारहरुको पुर्नरुत्थान र नयाँ आईरहेको कोभिडको भेरियन्टको जोखिम कम गर्न परियोजना लागु गर्न लागिएको निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशीले बताए । उनले थपे कोरोनाको नयाँ भेरियन्टसँग लड्न र कोरोनाका प्रकोप कम गर्न नगरको स्वास्थ्य शाखालाई परियोजना मार्फत विभिन्न सहयोगहरु गरिने छ।’May be an image of 15 people, people sitting and people standingमहामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएकाहरुलाई पनि साना आयआर्जनका लागि नगरपालिका कै स्वास्थ्य शाखाहरु सँग समन्वय गरी कार्यक्रम थालिने र जिल्लाका पुर्नवास, भिमदत्त र कृष्णपुर नगरपालिका गरी तिन वटा स्थानिय पालिकाहरुमा उक्त परियोजना लागु गरिरहेको कार्यक्रम संयोजक बिनोद सिंह कडाराले बताउनु भयो ।May be an image of 10 people, people sitting and people standing उनले भनेु परियोजनाको मुख्य उद्देश्य कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न स्वास्थ्य संस्थाको क्षमता विकास गर्ने, आवश्यक स्रोत साधनहरु को सहयोग गर्नुका साथै रोजगारी गुमाएर घर फर्किएका लाई आयस्तर बृद्धि गर्न सहयोग गर्ने छ। परियोजनाले मुख्य गरी स्वास्थ्य र कृषि क्षेत्र लाई मध्यनजर गर्दै कार्य लाई अगाडि बढाउने रहेको छ।ुपरियोजना १० महिनासम्म संचालन हुने र ३ हजार घरधुरी समेटेको निड्स नेपालका कार्यक्रम संयोजक कडाराले बताए। उनले थपे परियोजनाको कुल लागत २ करोड १ लाख २४ हजार ९ सय ७६ रुपैया रहेको छ। परियोजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्न सबैले सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।May be an image of 12 people, people sitting, people standing and indoor

निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशीको अध्यक्षतामा आयोजित छलफल कार्यक्रम भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत हरि सिंह धामी, सामाजिक विकास अधिकृत गोमा अवस्थी, स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशी, कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, बिषयगत शाखाका प्रमुख, महाकाली प्रादेशिक अस्पतालका प्रतिनिधि, स्वाथ्य कार्यालय कञ्चनपुरका प्रतिनिधि लगायत निड्स नेपालका कर्मचारीको उपस्थिति रहेको थियो । भने कार्यक्रम को सञ्चालन परियोजना कार्यक्रम संयोजक विनोद सिंह कडाराले गर्नु भएको थियो।May be an image of text that says 'Recovery of COVID-19 Affected Communities in Western Nepal RM Level Project Orientation and Start up Meeting 2018 Manyshin 26 Venue: Bheemdutta Municipality Date: Supported by: & LUTHERAN WORLD RELIEF Organizedby. NEEDS'No description available.


Loading Viewer...

ताजा समाचार

spot_img