बाटोमा लडेर वृद्धको मृत्यु


हुम्ला : बाटोमा हिडदै गर्दा लडेर वृद्धको मृत्यु भएको छ । मुगु सोरुकोट गाउँपालिका-४ फोचु बस्ने ७० वर्षीय भक्त बहादुर शाहीको शनिबार दिउँसो बाटोमा लडेर मृत्यु भएको हो ।

लु.१ ज ४३१७ नम्बरको जिपमा बाजुराको हिमाली गाउँपालिकामा पर्ने घुलाचौरबाट सोही गाउँपालिका कवाडी बजारमा झरेर आफ्नो घरतर्फ जाने क्रममा बाटोमा लडेर गम्भीर घाइते भएका थिए ।

उनको उपचारको लागि हुम्ला ताजाकोट गाउँपालिका-२ मैलाकवाडी बजारमास्थित धिरज मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।


Loading Viewer...

ताजा समाचार

spot_img