कञ्चनपुर : ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी टोलिले साँझ ६ बजे कृष्णपुर न.पा.५ वनदेवी सामुदायिक वन जंगल नजिकै अवैध समान बरामद गरेको छ ।

भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याईएको लेडिज स्वीटर ४५ थान र जाकेट (जिन्स) ३७ थान गरी अन्दाजी मुल्य रु. त्रिहत्तर हजार बराबरको समान बेवारिसे अवस्थमा फेला पारी आवश्यक कारवाहीका लागी त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले बताए ।







