दोधारा : दोधारा चाँदनी नगरपालिकामा नेकपा माओबादी केन्द्रको नगर कमिटि गठन र महाधिवेशन प्रतिनिधी छनौट कार्यमा किचलो देखिएको छ् । दोधारा चाँदनी नगरपालिकामा नेकपा माओबादी केन्द्रको नगर कमिटि गठन कार्य असैबैधानिक भएको भन्दै नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगरकमिटिको एक टोलीले नगरकमिटि गठन र महाधिवेशन प्रतिनिधी कार्य स्थगन गर्न माँग गरेको छ् ।

नेकपा माओबादी केन्द्रका दोधारा चाँदनी नगर सचिव भिम कुमाल लगाएत टोलीले निर्वाचन मण्डललाई भेट गरि निर्वाचन प्रकृया स्थगन गर्न समेत माँग गरेको छ् । यस्तै उनिहरुले नेतृत्व पंक्तीलाई निर्वाचन प्रकृया माँग राखेका छन् । नगरकमिटिलाई थाहै नदिएर एक सामुदायिक बनमा कृते हस्ताक्षर सहित आफन्तहरुलाई बोलाएर नगरकमिटि गर्ने कार्य भएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले आरोप लगाएका छन् । ‘आफ्नो आफ्नो मान्छेलाई बोलाएर सामुदायिक बनमा नगर कमिटि गरेका छन्’ नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका सचिव भिम कुमालले भने– ‘नगरकमिटि गठन सहित महाधिवेशन प्रतिनिधी छनौट मनपरी ढंगबाट गरिएको छ् ।’ नगर अध्यक्ष पदमा आफु पनि आकांक्षी रहेको र सहमतीको नाउमा एकतर्फी बन्द सत्र संचालन गरि गुपचुपरुपमा नगरकमिटि गठन सहित महाधिवेशन प्रतिनिधी छनौट गरेको उनको आरोप रहेको छ् ।

नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष बिर बहादुर सुनारले नगरकमिटि गठन सहित महाधिवेशन प्रतिनिधी छनौट कार्य पुर्णरुपमा नियमबिपरित रहेको बताएका छन् । ‘सहमतीको नाउमा गुपचुप गरि कृते हस्ताक्षर गरि नगरकमिटि गठन सहित महाधिवेशन प्रतिनिधी छनौट कार्य मान्ने हुदैन्’ नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष बिर बहादुर सुनारले भने । माओवादी केन्द्र दोधारा चाँदनीले प्रदेश प्रतिनिधीमा राज्यमन्त्री समेत रहेका मान बहादुर सुनार, भरत दत्त भट्ट, ईन्द्र रावत, धनसरा नाथ, धन बहादुर दमाई, तारासिह रोकायालाई प्रदेश महाधिवेशन प्रतिनिधी छनौट गरेपछि बिबाद तेस्रीएको हो ।







