कञ्चनपुर : सरोकारवाला निकायले पत्रकार आचार संहिता पालनामा जोडदिएका छन । बिहीबार प्रेस काउन्सिल नेपालले पत्रकार महासंघ शाखा कञ्चनपुरको समन्वयमा महेन्द्रनगरमा आयोजित पत्रकार आचार संहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्तमा सहभागि सरोकावाला निकायले आचार संहिता पालनामा जोडदिएका हुन । सहभागीले पत्रकारले आचार संहिताको पालना नगर्दा समस्या हुने भएकाले पालना गरेर समाचार सम्प्रेषणमा सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले आचार संहिता पालना गरेर काम गर्न सुझाव दिए । प्रमुख अतिथि समेत रहेकी भीमदत्त नगरकी उप प्रमुख शुशिला सिहले आचार संहिता पालना नगर्दा अर्काको चरित्र हत्या हुने भएकाले त्यसमा ख्याल गरेर अघि बढ्न सुझाव दिए । कञ्चनपुरका स्थानीय संचारकर्मीले पत्रकारको बुद्धि विकासका साथै काउन्सिलबाट प्राप्त सुविधा समान ढङगबाट वितरण गर्न अनुरोध गरेका छन । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आचार सहिता पालना नभएका गुनासा आएसंगै आचार संहिता जागरणका लागि कार्यक्रम संचालन गरिएको बताए । उनले काउन्सिलले थुप्रै विषयमा सुधारका कार्यक्रम ल्याईने बताए ।

पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधाव सिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सचिव राजेन्द्र प्रशाद अवस्थीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा काउन्सिलका पदाधिकारी, सरकारी निकायका अधिकारी, जनप्रतिनिधी लगायतका जिल्लाका पत्रकारको सहभागिता रहेको थियो ।







