कञ्चनपुर: भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित नहरमा डुबेर कैलाली भजनी नगरपालिका-१ बस्ने ३४ वर्षीय सुनिल चौधरीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
सोही नहरमा पानी लिन गएको अवस्थामा डुबेर बेहोस भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।