कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा नयाँ देखिने कोरोना भाइरसका संक्रमितमा‘ओमिक्रोन’भेरियन्टको आशंकामा परीक्षण गर्न नमूना काठमाडौँ पठाउन शुुरु गरिएको छ । भारतबाट फर्किने नागरिकहरुको सीमानाकामा नियमित कोरोना परीक्षण गरिदै आएकोमा पोजेटिभ देखिनेहरुलाई आइलोसेनमा राखेर नमूना परीक्षण गर्न काठमाडौँ पठाउन थालिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा प्रवक्ता नरेन्द्र कार्कीले भारतबाट फर्किनेहरुमा संक्रमण देखिएपछि सम्बन्धित स्थानीयतह, स्वास्थ्यकार्यालय र अस्पतालको समन्वयमा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई परीक्षणका लागिनमूना काठमाडौँ पठाउने जिम्मेवारी दिइएको जानकारी दिए । ‘भारतबाट फर्किने नागरिकको सीमाना कामा कोरोना परीक्षण गरेर पोजेटिभ देखिएकाहरुको व्यवस्थापन गर्ने कामविगतदेखि नै भइरहेको थियो,’ कार्कीले भने, ‘ छिमेक भारतमा पनिनयाँ ओमिक्रोन’ भेरियन्ट देखिएकाले हामीले थप सर्तकता अपनाएका छौँ । पोजेटिभ देखिनेहरुको नमूना संकलन गरेर परीक्षणका लागि पठाउने कामप्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्छ ।’

सुदूरपश्चिम प्रदेशजन स्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले सीमानाकामा पोजेटिभ देखिएकाहरुको नमूना संकलन गरेर परीक्षणका लागि पठाउन सबै ठाउँमा सर्कुलर गरिएको जानकारी दिए ।‘त्रिनगर, गड्डाचौकी लगायतका सीमानाकामा एन्टीेजेन पोजेटिभ आएकाहरुको नमूना सुरक्षित रुपमा राख्नभनेका छौँ । तीनमूनाथप परीक्षणका लागि काठमाडौँ पठाइनेछ,’ओझाले भने, ‘गड्डाचौकी नाकाबाट तीनजनाको नमूना पठाइएको छ ।तीनमूना काठमाडौँ पठाउने तयारी भइरहेको छ ।’ भारतमा नयाँ भेरियन्ट देखा परेपछि सीमानाकामा समेत थप कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा केही समय शून्यमा झरेको कोरोना संक्रमण फेरी देखिन थालेको छ । करीब एक महिना अघिसम्म दैनिक संक्रमणको दर शून्यमा झरेको कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा पछिल्लो समय दैनिक तीन देखि छ जनासम्म संक्रमित देखिन थालेका छन् ।

‘एक महिना अगाडि हामी कहाँ परीक्षणका क्रममा संक्रमित देखिन छोडेका थिए,’प्रादेशिक अस्पतालका सूचना अधिकारी नारद भट्टले भने, ‘पछिल्लो दुुई सातादेखि भने संक्रमित देखिन थालेका छन् । अस्पतालमा परीक्षण गर्दा दैनिक ६ जनासम्म संक्रमित भेटिरहेको अवस्था छ ।’तर जटिल खालका लक्षण भएका संक्रमित भने फेलानपरेको उनी बताउँछन् । प्रदेशको अस्थायी राजधानी धनगढी स्थित सेतीप्रादेशिक अस्पतालमा पनि दैनिक ५/७जनामाकोरोना संक्रमितपुष्टि भइरहेको छ । तीमध्ये कुनै दिन औसतमा कम्तीमा एक जनागम्भीर संक्रमित अस्पताल पुुग्ने गरेको छ । प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले संक्रमितको संख्याविगतको तुुलनामा केही बढ्न थालेको पाइएको बताए ।

‘अस्पतालमा गरिने पीसीआर परीक्षणका क्रममा दैनिक ५/७जनामा कोरोना संक्रमण देखिरहेको छ । तीमध्ये कहिलेकहीँ कम्ती एकजना जटिल समस्याभएको संक्रमित भर्ना हुुने गरेको छ,’ पाण्डेले भने । तर संक्रमितहरुमा नयाँ भेरियन्ट होकी होइन भन्ने पत्ता लगाउन भने परीक्षण गर्ने व्यवस्था नभएकाले समस्या भइरहेको छ । प्रादेशिक अस्पतालले कोरोनाको नयाँलहर फैलिएपछि उपचार तथा नियन्त्रणका लागिआवश्यक पर्ने पूर्व तयारी समेत थालिएको जनाएको छ । ५० शैयाको कोभिड अस्थायी अस्पतालमा आईसीयू बेडको संख्या थपेर १८ पुगाइएको मेडिकल सुपरीटेन्डेन्ट पाण्डेले बताए । स्वास्थ्यकार्यालयले निर्माण गरिरहेको थप ५० शैयाको कोभिड वार्ड हस्तान्तरण भएमा संक्रमितको व्यवस्थापनमा सहजहुने विश्वास अस्पतालको छ ।






