दृष्ट्रिविहीन र आंशिक दृष्ट्रि भएका व्यक्तिहरुका लागि अभिमुखीकरण र गमनशीलता सम्बन्धी तालिम सम्पन्न


महेन्द्रनगर : दृष्ट्रिविहीन र आंशिक दृष्ट्रि भएका व्यक्तिहरुका लागि अभिमुखीकरण र गमनशीलता सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगलबार नेपाल नेत्रहीन संघ कञ्चनपुर परियोजनाले आयोजना गरेको एक दिने उक्त तालिम सम्पन्न भएको हो । तालिमको समुद्धघाटन समारोहको अध्यक्षता नेपाल नेत्रहीन संघ कञ्चनपुरका अध्यक्ष प्रेम बोहराले गरेका थिए भने प्रमुख अतिथिमा नेपाल पाराओलम्पीक कमिटि सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिर्घ कुमार स्वार रहेका थिए । त्यसैगरी विशिष्ठ अतिथिमा सुदुरपश्चिम पाराओलम्पीक प्रदेश खेलकुद परिषद सदस्य जीवन कुमार भट्ट रहेका थिए ।
No description available.
एक दिने तालिमको सफताको शुभकामना मन्तव्य राख्दै नेपाल पाराओलम्पीक कमिटिका सुदूरपश्चिम प्रदेश अध्यक्ष स्वारले आफ्नो भौतिक शरिर रहुञ्जेलसम्म अपांङ्गता भएका व्यक्तिहरुको लागि लागीपर्ने बताए । ‘म जुनसुकै अवस्थामा रहेता पनि अपांङ्गता भएका व्यक्तिहरुका हक अधिकारलागि लड्नेछु’, अध्यक्ष स्वारले भने ‘मलाई आफ्नो भन्दा पनि तपाईहरुको बढि माया लाग्छ ।’ उनले तालिमका सहभागिहरुलाई बढि भन्दा बढि कुरा कुरा सिकेर समाजमा आफु कमजोर नभएको कुरा पुष्टी गर्न अनुरोध समेत गरे । त्यसैगरी समुद्धघाटन समारोहको समापन गर्दै नेपाल नेत्रहिन संघ कञ्चनपुरका अध्यक्ष प्रेम बोहराले उक्त तालिम जिल्लामै पहिलो पटक भएकोले सहभागिहरुले धेरै कुरा सिक्ने मौका पाएको बताए ।
No description available.
उनले सुर्यको उज्यालो समेत पहिचान गर्न नसक्ने सहभागिहरुका लागि उक्त तालिम महत्वपुर्ण सावित हुने बताए । ‘यो तालिम जसले सुर्यको उज्यालो समेत पहिचान गर्न सक्दैन उसकालागि महत्वपूर्ण हुनेछ’, अध्यक्ष बोहराले भने ‘प्रकाशलाई समेत पहिचान गर्न नसक्नेहरुले पनि तालिम पश्चात समाजमा चमत्कारिकता ल्याउन सक्नुहुनेछ ।’ तालिममा २५ जना दृष्ट्रिविहीनहरुको सहभागिता रहेको थियो । नेपालगञ्जदेखि आउनुभएका अनुभवि प्रशिक्षक पुष्पा राईले तालिममा प्रशिक्षण गराईएकी थिईन । उनले सहभागिहरुलाई फिल्डमै लगेर सेतो छडिलाई दैनिक जिवनमा प्रयोग गरी दैनिक क्रियाकलाप कसरी गर्ने भन्ने लगायत विषयमा प्रशिक्षण दिनु भएको थियो । तालिममा सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको नेपाल नेत्रहीन संघ कञ्चनपुरका अध्यक्ष बोहराले बताए । समुद्धघाटन समारोहको सञ्चालन नेपाल नेत्रहिन संघ कञ्चनपुरका कार्यक्रम संयोजक पदम बहादुर शाहीले गरेका थिए ।

Loading Viewer...

ताजा समाचार

spot_img