कञ्चनपुरबाट काँग्रेस महामन्त्रीमा एनपीको उम्मेदवारी घोषणा


कञ्चनपुर: काँग्रेस नेता एनपी साउदले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन । काँग्रेस केन्द्रीय सदस्य रहेका साउदले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन । कञ्चनपुर घर भएका साउद नेवि संघको राजनीतिबाट काँग्रेसमा आएका नेता हुन । देउवा निकट रहेका नेता साउदले १४औँ महाधिवेशनमा महामन्त्रीको यात्रा तय गरेका छन । ०४८ सालमा नेवि संघ केन्द्रीय अध्यक्ष भएका साउद १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । पुर्वमन्त्री समेत रहेका साउदले यस पटक महामन्त्रीमा उम्मेदवारी घोषण गरेको उनी निकट कञ्चनपुर काँग्रेस नेता ज्ञानेन्द्र सिहले बताए ।

‘कञ्चनपुरबाट केन्द्रीय पदाधिकारीमा एनपी साउदले उम्मेदवारी घोषणा गरेका छन, ‘उनले भने, ‘एनपी साउद किशोरावस्थादेखि विद्यार्थी राजनीतिमा होमिएका नेता हुन, उनलाई हामीले पदाधिकारीमा ल्याउनुपर्छ ।’ नेवि संघका पुर्व नेता रहेका साउदलाई कञ्चनपुर सहित देशैभरीबाट नेता कार्यकर्ताको हौसला प्रेरणा मिलेको महामन्त्रीमा उम्मेदवारी दिएको नेता सिहले बताए । एनपी पक्षका नेता कार्यकर्ताले महामन्त्रीमा जिताउनका लागि प्रचारप्रसार गरिरहेका छन । सिहले लोकप्रिय र क्षेत्रका काँग्रेसका खम्बा रहेका नेतालाई शिर्ष स्थानमा पु¥याउनुपर्ने बताए ।

एनपी साउदले महामन्त्रीमा दावि गरेसंगै कञ्चनपुरका नेता कार्यकर्ता उत्साहित भएका छन । काँग्रेस बेदकोट नगरका सचिव एव कञ्चनपुरका युवा नेता पवन नेपालीले विद्यार्थीकालदेखि पाटीको मुल धारमा रहेर देश र जनताको पक्षमा काम गर्दै आएका नेता साउद पटक पटक संसदमन्त्री भई जनमुखी काम गरेकाले थप जिम्मेबारी दिनुपने बताए । सुुदूरपश्चिम सहित देशभरीका काँग्रेस नेता कार्यकर्ता एनपी पक्षमा रहेको उनको भनाई छ ।


Loading Viewer...

ताजा समाचार

spot_img