माओवादी केन्द्र शुक्लाफाँटाबाट नगर र प्रदेश प्रतिनिधी मात्रै टुङगो


शुक्लाफाँटा : नेकपा माओवादी केन्द्र शुक्लाफाँटा नगरले प्रदेश प्रतिनिधी र नगर प्रतिनिधीको मात्रै टुङगो लगाएको छ । माओवादी केन्द्र शुक्लाफाँटाको नगर बन्दसत्रबाट नगर र प्रदेश प्रतिनिधीको मात्रै टुङगो लागेको हो । माओवादी केन्द्र शुक्लाफाँटा नगरका नेता सिबी लुहारले नगरमा ५६ र प्रदेशमा १२ जना प्रतिनिधीको मात्रै टुङगो लागेको बताए ।

उनका अनुसार भीम टमाटा, ईश्वर सुनार, नरेन्द्र चौधरी, टिकुराम चौधरी, दुर्गा भट्ट, कमला ऐर, कर्ण बोहरा, बिनोद धानुक, बहादुर महरा, जिवनज्योति बुढा चयन भएका छन । शुक्लाफाँटा नगरका अर्का युवा नेता शिवराज पनेरुले नगर प्रतिनिधी र प्रदेश प्रतिनिधीको टुङगोसंगै नगरको पदाधिकारी टुङग्याईने बताए । ‘हामीविच गहन छलफल बहस भईरहेको छ, ‘उनले भने, ‘छिट्टै पदाधिकारीको टुङगो लगाउँछौँ ।’


Loading Viewer...

ताजा समाचार

spot_img