बेदकोट नगरपालिका ९ मा नयाँ नापी गर्न माग राख्दै नापी कार्यालयमा धर्ना


कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका ९मा नयाँ नापी गर्न माग राख्दै स्थानीयले नापी कार्यालयमा धर्ना दिएका छन । आइतबार स्थानीयले नापी कार्यालय कञ्चनपुरमा धर्ना दिएका हुन । बेदकोटका स्थानीय प्रवेस केसीले नयाँ नक्सा अनुरुप जमिन नाप्नुपर्ने माग अघि सारेर स्थानीय आन्दोलित भएको बताए ।

उनले साँकेतिक आन्दोलन भएको बताए । जग्गा सट्टाभर्ना तथा अनियमितता संघर्ष समितिका संयोजक मुकुन्द केसीले आरक्ष विस्तारका क्रममा ०६३सालतिर किर्ते काम हुँदा स्थानीय मारमा परेको बताए । ‘०६३ सालमा जहाँ जमिन सट्टा पाए बाहेक स्थानमा अधिकरण गरेर बसे, ‘उनले भने, ‘किर्ते गरेर नक्सा र लालपुर्जा निकाल्ने काम भयो ।’ सरकारले सो क्षेत्रमा पुन नापजाँच गर्नुपर्ने काम अघि बढाएपनि नापी कार्यालयले काम अघि नबढाएको बताए ।

‘जमिन अनियमित गरेकै कारण बेदकोट नगरपालिका ७, ९ र १० तीन वडाका बाँकी दर्तावाला जमिन समेत रोकेको छ, ‘उनले भने, ‘जताबाट पनि जनतालाई मारमा पारेको छ ।’ तत्तकालिन अवस्थामा नापी कार्यालयबाट किर्ते काम हुँदा अहिले जनता मारमा परेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img