कञ्चनपुर: सानिमा लाईफ इन्स्योरेन्स लि. अत्तरिया शाखाले एक कार्यक्रम गरि मृतक स्व. कमल सिंह खड्काकी श्रीमती धर्मी खड्कालाई मृत्यु दावी भुक्तानी गरेको छ। स्व.खड्काले धनगढी शाखाबाट २०७७ सालमा पाँच लाख बिमाङ्कको शुभलक्ष्मी बीमा पोलिसी खरिद गर्नुभएको थियो।

२०७७ कार्तिक ०२ गते उपचारको क्रममा ह्रदयघातका कारण मृत्यु भएकोमा निजकी श्रीमती धर्मी खड्कालाई दशलाख वीस हजार रुपयाको चेक हस्तान्तरण गरिएको छ। प्रदेश सभासद तथा पूर्वमंत्री कृष्णराज सुबेदी, अत्तरिया खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष टिका दत्त जोशी, राष्टिय लोक संस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटा , सानिमा लाईफ इन्स्योरेन्सका सुदुरपश्चिम प्रमुख गणेश प्रसाद उप्रेती अत्तरिया शाखा प्रबन्धक कर्ण बहादुर ऐर, मार्केटीङ्ग अफिसर दिपक कुमार चौधरी , सिनियर एजेन्सी म्यानेजर चिन्द्रा रिजाल लगायत अन्य स्थानीय महिला तथा पुरुषको उपस्थितिमा कार्यक्रम गरिएको थियो।

मृत्यु दावी भुक्तानी विमा कम्पनीको अनिवार्य कर्तव्य हुने भएपनि समाजमा बीमाको पहुच पुर्याउन र वीमा कम्पनीले विमितको जीवन कालमा र दुर्भाग्यबस मृत्यु वा असक्त भएमा आश्रित परिवारलाई क्षतिपूर्ति दिने भएकोले बिमा प्रतिको नकारत्मक धारणा चिर्न यो कार्यक्रम गर्नुपरेको क्षेत्रीय प्रवन्धक उप्रेतीले बताउनुभयो । विमा कम्पनी र विमित बीच व्यवसाय विस्तार गर्न मानिसहरुको घरदैलोमा गई सेवा दिरहेकोमा आगामी दिनमा सानिमा सदैब तत्पर रहने प्रतिज्ञा शाखा प्रवन्धक ऐरले गर्नुभयो।सानिमा लाईफ जस्तै सबै कम्पनीहरु स्थानीय राजनीतिज्ञ र बीमितको बिचमा सहकार्य गरि बीमाको पहुच स्थनियसम्म पुर्याउन सबैले आ(आफ्नो ठाउबाट भूमिका खेल्नुपर्ने पूर्व मन्त्री कृष्णराज सुबेदीले जानकारी गराउनु भयो।







