महेन्द्रनगर : राईट स्टेप एजुकेशन एकेडेमीले कम्प्युटर साक्षरता अभियान अन्तरतगको पिडिआईसिए एक बर्षे तालिमको प्रमाण पत्र वितरण तथा नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार होटल डाउनमा राईट स्टेप एजुकेशनका सुदूरपश्चिम संयोजक दिपेन्द्र शर्मा पौडेलको सभापतित्व एवं सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री लाल बहादुर खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पहिलो व्यजमा भर्नाभई राईटस्टेपले लिएको परिक्षामा उत्कृष्ठ अंक प्राप्त गरी सफल भएका ३० जना विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

२०७५/०७६ मा कञ्चनपुर जिल्लामा पिडिआईसिए एक बर्षे कोर्षका लागि २ सय ६० जना विद्यार्थी भर्ना भएकोमा १ सय ७० जना सफल भएको राईट स्टेपका सुदूरपश्चिम संयोजक दिपेन्द्र शर्मा पौडेलले बताए । तिनिहरुमध्ये २७ जना विद्यार्थीहरुले सरकारी कार्यालयमा करारमा नाम निकालेर कार्यरत रहेको संयोजक पौडेलले बताए । कार्यक्रममा स्वरोजगार एवं उद्यमी बनेका १२ जना विद्यार्थीलाई पनि सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई टिका लगाएर स्वागत गरिएको थियो । उक्त कार्यक्रमलाई संबोधन गरेका सुदूरपश्चिमका माननिय सामाजिक विकास तथा भौतिक विकास मन्त्री लाल बहादुर खड्काले राईटस्टेपसंग सहकार्य गरेर अगाडि बढ्ने बढाउने बताए । त्यसैगरी कार्यक्रमको समापन गर्दै राईट स्टेपका सुदूरपश्चिम संयोजक दिपेन्द्र पौडेलले कम्प्युटर साक्षरता अभियानलाई सुदूरपश्चि प्रदेशका सबै स्थानिय तहसम्म लैजाने बताए । उनले आउने बर्षमा सुदूरपशिचम प्रदेशमा मात्रै ५० हजार जनालाई कम्प्युटर साक्षरता बनाउने उद्देश्य रहेको बताए । उक्त उद्देश्यलाई पुरा गर्न प्रदेश सरकार र स्थानिय सरकारसंग सहकार्य गर्ने उनले बताए ।

सबै स्थानिय तहसम्म कार्यक्रम लैजानकालागि प्रक्रिया अगाडि बढाईसकेको संयोजक पौडेलले बताए । कञ्चनपुर जिल्लामा मात्रै राईट स्टेपले यस आर्थिक बर्ष २०७८/०७९ लागि ३ सय ५० जना विद्यार्थीको भर्ना लिएको छ । राईटस्टेपले लिएको प्रबेश परिक्षामा एक हजार २ सय ५० जना विद्यार्थी सहभागि भएका थिए । कञ्चनपुर जिल्लामा स्मार्ट टेक्नीकल ईन्स्युच्युड, युनाईटेड कम्प्युटर सेन्टर र माईक्रोसफ्ट कम्प्युटर सेन्टरको सहकार्यमा २०७५ सालदेखि कम्प्युटर सम्बन्धीका पाच वटा कोर्षहरु पढाई हुदै आएका छन । कार्यक्रमका सुदूरपश्चिम विश्वविद्यालयका कम्प्युटर विभाग प्रमुख कर्णदेव भट्ट, पूर्णामाविका प्रधानाध्यापक धनीदत्त पन्त, माईक्रोसफ्ट कम्प्युटर सेन्टरका व्यवस्थापक टेकराज पन्तलागायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थी, शिक्षक, पुर्व विद्यार्थीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको विचविचमा नृत्य कार्यक्रम पनि राखिएको भने कार्यक्रम संञ्चालन स्मार्ट टेक्नीकलका व्यवस्थापक सुरज विष्टले गरेका थिए । कम्प्युटरमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ विक्रम संम्बत २०६५ स्थापना भएको संस्थाको प्रधान कार्यालय कपिलबस्तु जिल्लामा रहेको छ । राईटस्टेप एजुकेशन एकेडेमी देशका ६८ जिल्लामा कार्यरत रहेको छ । राईटस्टेप एजुकेशन एकेडेमी सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुरा जिल्लामा विक्रम संम्वत २०७४ सालदेखि कम्प्युटर साक्षरता अभियान सञ्चालन गर्दै आएको संयोजक पौडेलले बताए ।






