दोधारा । नेकपा माओबादी केन्द्रले दोधारा चाँदनी नगरपालिकामा नगर सम्मेलनको तयारी सुरु गरेको छ् । नेकपा माओबादी केन्द्रले दोधारा चाँदनीमा आउदो २० गते नगर सम्मेलनको तयारीमा जुटेको छ् । आज नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगरको बैठकले आउदो २० गते दोधारा चाँदनी नगर क्षेत्रमा नगर सम्मेलन गर्ने नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले जनाएका छन् । नेकपा माओबादी केन्द्रले दोधारा चाँदनी नगरपालिकामा आफ्नो नगर सम्मेलनको लागी जिम्मेवारी बाटफाँट समेत गरेको नगर सचिव भिम कुमालले बताएका छन् । बैठकमा नेकपा माओबादी केन्द्रका नेता तथा कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनार, नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका ईन्चार्ज भरत भट्ट, नगर कमिटि सचिव भिम कुमाल, नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका बरिष्ठ नेता धनलाल दमाई लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । यस अघि दोधारा चाँदनी नगर क्षेत्रमा नेकपा माओबादी केन्द्रले टोल सम्मेलन, वडा सम्मेलन गरि कमिटि गठन कार्य अघि बढाएको हो । नगर सम्मेलन दोधारा चाँदनी नगरपालिकाको साबिकको चाँदनी गाबिस कार्यालयमा हुने बताईएको छ् ।







