माओवादी केन्द्र भीमदत्त नगरको पदाधिकारी टुङगो


कञ्चनपुर : माओवादी केन्द्रले भीमदत्त नगरका पदाधिकारी टुङगो लगाएको छ । गत शनिबारदेखि शुरु भएको माओवादी केन्द्रको पालिका अधिवेशन अन्र्तरगत अध्यक्षमा अशोक चन्दको मात्रै टुङगो लागेको थियो ।

सोमबार माओवादी केन्द्र भीमदत्त नगरमा निर्वाचित ६५ सदस्यले पदाधिकारी टुङगो लगाएको माओवादी केन्द्र भीमदत्त नगरका नवनिर्वाचित नगर सदस्य तथा क्रान्तिकारी कञ्चनपुरका नेता किशोर भट्टले बताए । नगर सदस्य भट्टका अनुसार उपाध्यक्षमा रघुबिर धामी(तुफान), तारादत्त जोशी, पूर्णानन्द जोशी, सचिव दशरथ भण्डारी, सह सचिव रमेश पार्की, कोषाध्यक्ष गंगा खडका निर्वाचित भएका छन ।

माओवादी केन्द्रका पुराना नेता अशोक चन्दले भीमदत्त नगरमा माओवादी केन्द्रले दुत गतिमा अघि बढाउँदै पार्टीले जनपक्षीय काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । माओवादी केन्द्रले पालिका सम्मेलन अन्र्तरगत कञ्चनपुरका भीमदत्त, शुक्लाफाँटा र कृष्णपुरमा शुरुवात गरेको थियो । बाँकी पालिकाहरुमा निरन्तर सम्मेलन हुने माओवादी केन्द्रले जनाएको छ ।


ताजा समाचार

spot_img