काँग्रेस कञ्चनपुरको सभापतिमा बोगटी एनपीका मान्छे, लेखक क्याम्पमा गएर चुनाव जिते


कञ्चनपुर: नेपाली काँग्रेसको सभापतिमा पदम बोगटी निर्वाचित भएका छन । बोगटीले आफ्ना निकतटम प्रतिद्वन्द्वी बहादुर सिह थापालाई ९१ मतको अन्तरले हराउँदै सभापतिका निर्वाचित भएका हुन । बोगटीले ८ सय ६ र थापाले ७ सय १५ मत ल्याएका थिए । बोगटी रमेश प्यानलका उम्मेदवार थिए । भने थापा एनपी प्यानलका उम्मेदवार थिए । यस अघि बोगटी पनि एनपी खेमाकै नेता हुन । एकाएक खेमा परिर्वतन गरेर बोगटीले लेखक प्यानलबाट पाटी सभापतिका उम्मेदवार बनेका थिए । यस अघि १३ औँ महाधिवेशनमा बोगटी एनपी प्यानलबाट पाटी सभापतिका लागि उम्मेदवार बनेका थिए । उपभभापतिमा एनपी प्यानलकै दुबै उम्मेदवार निर्वाचित भएका छन । मीन बहादुर सिह ७८६, हरिसचन्द्र राना ७६३, सचिवमा पनि एनपी प्यानलकै दुवै उम्मेदवार निर्वाचित भएका छन । हेमराज ओझा ७३०, भीम भट्ट ७१३ मत ल्याएर सचिवमा निर्वाचित भएका हुन ।

सह सचिवमा एनपी प्यानलबाट नाफुसिह साउद र रमेश प्यानलबाट पुष्कल चौधरी ६७४मत ल्याएर निर्वाचित भएका छन । काँग्रेस कञ्चनपुरका ५२पदका लागि ९५जनाले उम्मेदवारी दर्ता गराएका थिए । पदाधिकारीको परिमाण आएपछि सदस्यको मत गणना जारी रहेको छ । काँग्रेस कञ्चनपुरका केही नेताहरुले पदम बोगटीले क्याम्प परिर्वतन गरेर पाटी सभापति भएपनि एनपीकै मान्छे भएको बताएका छन । जिल्ला सभापति सहित पदाधिकारी चयनका लागि भएको निर्वाचन सम्पन्न भएको हो । कुल १ हजार ६ सय १८मतदाता मध्ये एक हजार ५ सय ७१मत खसेका छन । क्षेत्र नम्बर १ मा ५१३, २मा ४९७ र ३मा ५६१मत खसेका छन । क्षेत्र नम्बर १मा ५३४ मा ५०८ र ३मा ५७६मतदाता थिए । काँग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ चुनावी मैदामा उत्रिएका छन । जिल्ला सभापति, पदाधिकारी सहित जिल्ला सदस्य पदका लागि ९५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । काँग्रेस कञ्चनपुर नेताहरुका अनुसार जिल्ला कार्य समितिका लागि एनपी साउद दिवान विष्टको संयुक्त प्यानल र रमेश लेखक पक्षले कोईराला पक्षका केही नेतालाई साथमा लिएर चुनावी मोर्चा बनाएका छन ।

सभापतिका लागि एनपी दिवान पक्षबाट बहादुर सिह थापा, रमेश पक्षबाट पदम बोगटी, उप सभापतिमा लेखक पक्षबाट शंकर बहादुर चन्द, दिवाकर पाण्डे, एनपी दिवान पक्षबाट मिन बहादुर सिह, हरिचन राना, सचिवमा लेखक पक्षबाट जनक सिह धामी, सिद्धराज भट्ट एनपी दिवान पक्षबाट हेमराज ओझा भीम भट्ट र स्वतन्त्रमा तर्कराज भट्टले उम्मेदवारी दिएका छन । सह सचिवका लागि एनपी दिवान पक्षबाट नाफुसिह साउद, हरि प्रशाद अधिकारी, रमेश लेखक पक्षबाट पुष्कल चौधरी, कविराज भट्ट र स्वतन्त्र तर्फ कलक बहादुर सिहले उम्मेदवारी दिएका छन । पालिका तर्फबाट चार सदस्य निर्विरोध निर्वाचित भएका छन । दोधाराबाट धनसरा चन्द, शुक्लाफाँटाबाट यशोदा भट्ट, कृष्णपुर नगरपालिबाट पदमा देवी ओझा र लालझाडीबाट राधा राना निर्बिरोध चयन भएका छन । काँग्रेस नेता दिल बहादुर देउवाले निर्बिरोध सदस्यमा चयन भएका राधा राना, पदमा देवी ओझा र यशोदा भट्ट एनपी पक्षकै नेता भएको बताए ।


ताजा समाचार

spot_img