कञ्चनपुर: नेकपा माओवादी केन्द्र कञ्चनपुृर भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द निर्वाचित भएका छन । माओवादी केन्द्र भीमदत्त नगरको प्रथम अधिवेशनबाट अध्यक्षमा चन्द सहमतिय आधारमा निर्वाचित भएका हुन । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका नवनिर्वाचित नगर कमिटी सदस्य एव क्रान्तिकारी नेता किशोर भट्टले चन्दको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटि विस्तार भएको बताए ।

‘अहिले अध्यक्ष र सबै सदस्यको टुङगो लागेको छ, ‘उनले भने, ‘बाँकी पदाधिकारीको पछि टुङगो लाग्छ, भोली सोमबार सपथ ग्रहण पनि हुन्छ ।’ पदाधिकारी पनि टुङगिने माओवादी केन्द्र नगर सदस्य भट्टले बताए । माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा चयन भएका अध्यक्ष चन्द जनयुद्धकालिन समयदेखि माओवादी नेता हुन । उनले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन । माओवादी केन्द्रले शनिबारदेखि कञ्चनपुरमा पालिका सम्मेलन गरिरहेको छ ।







