निड्स नेपालले दियो दोधाराका बाढी पिडित घरपरिवारलाई खाद्यान्न

दोधारा : निड्स नेपाल कञ्चनपुरले दोधारा चाँदनीका बाढी प्रभावितलाई खाद्यान्न सामग्री वितरण गरेका छन् । कारितास नेपाल र निड्स नेपालको सहयोगमा आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा संचालन भएको एक कार्यक्रम बिच दोधारा चाँदनी नगरपालिका वडा नं. ८, ९ र १० वडाका बाढीपिडित घरपरिवारलाई खाद्यान्न बितरण गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ८, ९ र १० वडाका ७७ बाढी पिडित घरपरिवारलाई १ बोरा चामल, २ केजी दाल, २ लिटर खाने तेल, २ केजी नुन, २ सय ग्राम बेसार, १ सय ग्राम खुर्सानी, २ केजी आलु बितरण गरिएको निड्स नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले जानकारी दिएका छन् ।

बाढी पिडितहरुलाई राहत बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु जोशी भट्ट, निड्स नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक ईश्वर उपाध्याय् लगाएत बाढी पिडितहरुको बाक्लो उपस्थिती रहेको थियो ।

गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिकाका १ हजार अस्सी घरपरिवार बेघर भएका हुन् । बाढीले दोधारा चाँदनी नगरपालिकाको बिभिन्न बस्तीमा क्षती पुऱ्याएपछि बाढी पिडितहरुलाई बिभिन्न संघ–संस्था तथा ब्यक्तीहरुले राहत दिदै आएका हुन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० को प्रधान टोल, शान्ती टोल, कुतियाकवर बस्ती, अठार नम्वर पिल्लर बस्ती, निशानी टोल, प्रतिभा टोल बैतिफाँटा, सुर्खेती टोल लगाएत टोलहरुमा बाढीले लाखौंको धनमालको क्षती पुऱ्याएका हो ।

 

ताजा समाचार