काँग्रेस कञ्चनपुरमा ९७ प्रतिशत मत खस्यो ५२ पदका लागि ९५ चुनावी मैदानमा


कञ्चनपुर : नेपाली काँग्रेसको आशन्न १४ औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुरमा निर्वाचन सम्पन्न भएकोछ । शनिबार जिल्ला सभापति सहित पदाधिकारी चयनका लागि भएको निर्वाचन सम्पन्न भएको हो । कुल १ हजार ६ सय १८मतदाता मध्ये एक हजार ५ सय ७१मत खसेका छन । क्षेत्र नम्बर १ मा ५१३, २मा ४९७ र ३मा ५६१मत खसेका छन । क्षेत्र नम्बर १मा ५३४ मा ५०८ र ३मा ५७६मतदाता थिए ।

No description available.

काँग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ चुनावी मैदामा उत्रिएका छन । जिल्ला सभापति, पदाधिकारी सहित जिल्ला सदस्य पदका लागि ९५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । काँग्रेस कञ्चनपुर नेताह?का अनुसार जिल्ला कार्य समितिका लागि एनपी साउद दिवान विष्टको संयुक्त प्यानल र रमेश लेखक पक्षले कोईराला पक्षका केही नेतालाई साथमा लिएर चुनावी मोर्चा बनाएका छन ।

No description available.
सभापतिका लागि एनपी दिवान पक्षबाट बहादुर सिह थापा, रमेश पक्षबाट पदम बोगटी, उप सभापतिमा लेखक पक्षबाट शंकर बहादुर चन्द, दिवाकर पाण्डे, एनपी दिवान पक्षबाट मिन बहादुर सिह, हरिचन राना, सचिवमा लेखक पक्षबाट जनक सिह धामी, सिद्धराज भट्ट एनपी दिवान पक्षबाट हेमराज ओझा भीम भट्ट र स्वतन्त्रमा तर्कराज भट्टले उम्मेदवारी दिएका छन । सह सचिवका लागि एनपी दिवान पक्षबाट नाफुसिह साउद, हरि प्रशाद अधिकारी, रमेश लेखक पक्षबाट पुष्कल चौधरी, कविराज भट्ट र स्वतन्त्र तर्फ कलक बहादुर सिहले उम्मेदवारी दिएका छन ।

No description available.
पालिका तर्फबाट चार सदस्य निर्विरोध निर्वाचित भएका छन । दोधाराबाट धनसरा चन्द, शुक्लाफाँटाबाट यशोदा भट्ट, कृष्णपुर नगरपालिबाट पदमा देवी ओझा र लालझाडीबाट राधा राना निर्बिरोध चयन भएका छन । काँग्रेस नेता दिल बहादुर देउवाले निर्बिरोध सदस्यमा चयन भएका राधा राना, पदमा देवी ओझा र यशोदा भट्ट एनपी पक्षकै नेता भएको बताए । धनशरा चन्द लेखक पक्षका नेता हुन । केही बेरमा मत गणना हुनेछ ।


ताजा समाचार

spot_img